पूर्व राजाले भने राष्ट्रवादीहरु एक हुनुपर्छ


विराटनगर, १८ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्र र राष्ट्रियताका लागि सवै राष्ट्रवादीहरु एक हुनुपर्ने वताएका  छन ।
विहिवार विराटनगरमा पत्रकारसँगको भेटमा उनले वर्तमान समयमा राष्ट्रको हालत नाजुक वन्दै गएकाले सवै एकजुट हुनुपर्ने जोड दिए । सुनसरीको झुम्कामा हिन्दुवादीहरुले विहिवार देखि सुरु गरेको सप्ताहव्यापी भविश्य पुराणको उदघाटन गर्न शाह आएका हुन् ।
उदघाटन कार्यक्रममा सरिक भएर फर्केपछि  विराटनगरको रत्ना होटलमा आफना निजी सुरक्षाकर्मीहरुको कडा सुरक्षा घेरामा पत्रकारहरुसँग भेटघाट गर्दै आफना भनाईहरु राखेका  थिए ।  तर उनले पत्रकारहरुसँग दोहोरो सम्वाद भने गरेनन् ।

सुनसरीमा पनि उनले केही वोलेनन । सुनसरीमा राजावादीहरुले उनलाई अभिनन्दन गरेका थिए । पूर्व राजा शाहको स्वागतका लागि सुनसरीको दुहवी र पुराण आयोजना स्थलमा स्वागतगेटहरु पनि वनाईएका थिए ।
गाउँ गाउँवाट ल्याईएका कार्यकर्ताहरुले राजतन्त्रको पक्षमा र गणतन्तत्रको विपक्षमा नारा लगाउँदै शाहको जयजयकार समेत गरे ।

प्रतिक्रिया