बस दुर्घटनामा ७ यात्रु घाइते

बागलुङ, १८ फागुन । बागलुङबाट नारायणगढ तर्फ जादै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना हुदाँ ७ यात्रु घाइते भएका छन् । ना ४  ख ७०७३ नम्बरको बस बागलुङको कालीका भगवति मन्दिर नजिकै गणेश घुम्तिमा दुर्घटना भएको हो ।
दुर्घटनामा पर्वत शंकरपोखरी ४ का मोतिप्रसाद तिवारी, चितवन शिवनगरका चालक रेशम थापा, सहचालक मगंलापुरका विकास मगर र च्यान मोक्तान, काभ्रे बानपाका नारायण वाग्ले, बिष्णु थापा र दिनेश थापा घाईते भएका छन् ।
घाइतेहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये पर्वतका तिवारीको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । गाडीको स्टेरिङले काम नगरेकाले दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया