अफिम खेती नष्ट

बारा, ११ फागुन । बारा जिल्लाका विभिन्न गाविसमा लगाइएको आगू औषध अफिम खेतीलाई  प्रहरीले नष्ट गरिदिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त टोलीले बिहिबार ७ कठठा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट पारेको हो ।
पटेर्वा गाविसको वडा नम्बर ८ मा एक कठ्ठा, देवापुरटेटा गाविसको वडा नम्बर ८ मा ५ कठ्ठा र भगवानपुर गाविसको वडा नम्बर ७ मा एक कठ्ठा गरि कुल ७ कठठा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको बारा प्रहरीले जनाएको छ ।
जिल्लाको  दक्षिण पूर्वी भेगका गाविसहरुमा अवैधरुपमा लगाइएको अफिम खेती नष्ट गर्न गत मंगलबारदेखि प्रहरीले अभियान थालेको छ ।

प्रतिक्रिया