दल र राखेपबीचको छलफल बिनानिष्कर्ष टुङ्गियो

सौर्य समाचार


कैलाली, १० फागुन । विगत केही समययता छैटौ खेल आयोजक र यहांस्थित राजनीतिक दलहरूबीच हुने गरेको आरोपप्रत्यारोपको विषयमा छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको      छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामा र १७ राजनीतिक दलका प्रतिनिधिबीच धनगढीमा बुधबार दुई घन्टासम्म छलफल भएको थियो ।
छलफलका क्रममा दुवै पक्षले आ-आफ्ना भनाइ राखेको र बिहीबार बिहान दलहरूको छुट्टै बैठक बसी पुनः छैटौ खेल आयोजकसाग बस्ने सहमति भएको बैठकमा सहभागी एमाले सचिव दीर्घ सोडारीले जानकारी दिए ।
राखेप सदस्य-सचिव लामाले बुधबार खेलकुद प्रतियोगिताका लागि विनियोजित रकम र खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका दिएर जानकारी गराएको बताउादै बिहीबार उक्त रकम र निर्देशिका अध्ययन गरेर पुनः छलफलमा सहभागी हुने बैठकमा सहभागी नेताहरूले बताए ।
छैटौ खेल प्रतियोगिताका लागि बनेका भौतिक संरचनामा व्यापक घोटाला भएको, कमसल सामग्री प्रयोग भएको र वास्तविक सूचना नदिने गरेको भन्दै वास्तविक कुरा सार्वजनिक गर्न राजनीतिक दलले मङ्गलबार बिहीबारसम्मको समयसीमा दिएर कैलाली प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र युवा तथा खेलकुद मन्त्रालयलाई ज्ञापनपत्र दिएर विरोध जनाएका थिए । दलहरूले विरोध गरेपछि आयोजकले आज छलफलको आयोजना गरेको थियो । बैठकमा लामाले इस्टिमेट र सम्झौताअनुसार भौतिक संरचना बनेको र कुनै पनि ठाउामा अनियमितता नभएको जानकारी गराएका थिए । उनले मिडियामा आएका समाचारमा सत्यता नरहेको भन्दै यदि कहीाकतै अनियमितता भएको पाइएमा कारबाही हुने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया