बन्दले पूर्व र सुदूरपश्चिमको जनजीवन प्रभावित

विराटनगर, ११ फागुन । बिभिन्न माग राखेर खसक्षेत्री एकता समाज र सुदूरपश्चिम जागरण मञ्चले आह्वान गरेको बन्दले पूर्वाञ्चल र सुदूरपश्मिको जनजीवन प्रभावित भएको छ ।
बन्दको प्रभावले लामो तथा छोटो दुरीका सवारी साधन विहानेदेखि चल्न सकेका छैनन् । वन्दले गर्दा सयौ यात्रुहरुले सास्ती बेहोर्नु परेको छ । सुनसरी र मोरङका मुख्य शहरका पसलहरु बिहानैदेखि बन्द छन् ।
खसक्षेत्री समाजका कार्यकर्ता बन्द सफल बनाउन पसल र यातायता वन्द गराउँदै हिँडका छन । उनीहरुले केही स्थानमा प्रदर्शन समेत गरेका छन् ।
खसक्षेत्री एकता समाजले आफुहरुलाई आदिवासी जनजातीमा सूचिकृत गरिनुपर्ने, समयमै संविधान जारी गर्नुपर्ने लगायतका राखेर वन्द आह्वान गरेको जनाएको छ ।
उता, संघीय राज्यमा अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलनरत सुदूरपश्चिमाञ्चल जागरण मञ्चले गरेको आम हड्तालले प्रत्यक्ष प्रभाव बिभिन्न जिल्लामा परेको छ ।
बन्दका कारण सुदुरपश्चिमको जनजिवन प्रभावित भएको छ । कञ्चनपुरका उद्योग व्यापार, शैक्षिक प्रतिष्ठान, बजार र  यातायात लगायतका सेवा ठप्प भएको छ । मञ्चका समर्थकहरु बिहानैदेखि हड्ताल सफल पार्न राजमार्ग, बजारक्षेत्रका चोकमा ढुङ्गा तेस्र्याएर सडक अवरोध गरेका छन ।
बन्दको प्रभाव बैतडी, दार्चुला र डडेल्धुरामा पनि परेको छ । ति जिल्लामा बजार, यातायात र शैक्षिक संस्था बन्द भएका छन ।
राज्य पुनःसंरचना सुझाव आयोगले सुदूरपश्चिलाई दुई प्रदेशमा विभाजन गरी बनाएको प्रतिवेदनको जवाफ माग्दै मञ्चले फागुन २ गते
सरकारलाई सात दिने अल्टिमेटम दिई सकेको छ ।
मञ्चले संघीय राज्यमा सेती र महाकालीलाई टुक्र्याउँदा जातीय सद्भाव खलबलिने जनाउदै अखण्ड सुदूरपश्चिमको माग गर्दै आएको छ । (सौस)

प्रतिक्रिया