सहारा फाइनल प्रवेश

क्रान्ति साह,
बीरगन्ज, १० फागुन । पोखराको सहारा क्लब बाराको सिमरामा जारी म्यजिक मोमेन्ट तेश्रो सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पूर्व विजेता यती हिमालयन शेर्पा क्लबलाइ पराजित गर्दै सहाराले फाइनलको यात्रा तय गरेको हो । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा सहाराले हिमालयन शेर्पालाइ शुन्यका विरुद्ध एक गोलले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक मानिएको खेलमा सहारा सामु उत्कृष्ट प्रदर्शन गरेपनि गोल फर्काउन नसक्दा हिमालयन शेर्पा हार आत्मसाथ गर्न बाध्य भएको हो ।
सहाराले अब उपाधीका लागि बिहिवार हुने लक्ष्मी हुन्डाई मना¨ मस्र्या¨दी र रानी पोखरी कर्नर टिम आरसीटीबीच हुने अन्तिम सेमिफाईनल खेलको बिजेतासंग भिडन्त गर्नेछ । उपाधिका लागि फाइनल खेल फागुन १६ गते हुनेछ ।

प्रतिक्रिया