जन्म दिने आमाको हत्या

रीता लामा,  दाङ, १० फागनु । दाङको घोराहीमा नारायण पुनले आफ्नै जन्म दिने आमाको हत्या गरेका छन् । आज विहान पुनले घरायसी बिवादका कारण ७७ बर्षीय आमा सुनिता पुनमगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घरायसी विवादका कारण छोराले वृद्ध आमाको हत्या गरेको पुनको प्रारम्भिक बयानले खुलेको छ । आफ्नै आमाको हत्या गर्ने पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, सल्यानमा स्थानीय युवाहरुको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट सल्यानको लक्ष्मीपुर गाविस २ पोखरा निवासी ३७ वर्षीया हिमबहादुर विकको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएका विकको अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न धनसिन पुन र आइते कामीलगाएतका युवाहरु फरार रहेका छन् ।

प्रतिक्रिया