हिड्नै नसक्ने गरी मोटाएका किथ

लन्डन, ९ फागुन । सय किलो तौल बोकेर हिँड्न त हामीलाई गाह्रो हुन्छ भने साढे तीन सय किलोभन्दा बढी वजन भएको मान्छे आफ्नो भारी जिउ लिएर कसरी हिँड्दो हो ?
सहयोगीका भरमा त्यस्ता मानिस हिँडडुल गर्छन् भन्ने अनुमान लगाउनुभयो भने तपाईंको अनुमान सही छ । बेलायतनिवासी एकजना अतिशय मोटा मानिस हिँडडुलका लागि मात्र नभई आफ्ना सम्पूर्ण नित्यकर्म गर्न अरूको भर पर्ने गरेका छन् । उनको रेखदेख र सहयोगका लागि मात्रै सरकारले १८ जना मानिस खटाएको छ ।
राज्यकोषबाट यति ठूलो व्ययभार गराउने व्यक्ति हुन्, किथ मार्टिन । करिब तीन सय ७० किलो (५८ स्टोन) वजन भएका किथको स्वास्थ्य, खानपिन र हेरचाहका लागि राज्यकोषबाट वार्षिक ६२ लाख ६५ हजार (करिब ५० हजार पाउन्ड) खर्च हुने गरेको छ ।
विश्वकै सबैभन्दा मोटो मानिसको उपाधिका दाबेदार किथ अधिक मोटोपनका कारण घरबाहिर निस्किन त परै जाओस्, ओछ्यानबाट उठ्नसमेत सक्दैनन् । बाहिर
जानै पर्ने भए उनलाई सहयोगीको साथ चाहिन्छ । उनको प्रायः सम्पूर्ण समय ओछ्यानमा पल्टिएर बित्ने गरेको छ ।
आठवटा तात्तातो कबाब खाएर ४२ वर्षीय किथ दिनको सुरुआत गर्छन् । उनको खानपिन र स्वास्थ्यको रेखदेखका लागि नर्स, एम्बुलेन्स, कर्मचारी र सहयोगीको ठूलै टोली परिचालन गरिएको छ । यसका
लागि त्यहाँको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले जनशक्ति र आवश्यक अन्य स्रोत जुटाउँदै आएको छ ।
उत्तरपश्चिम लन्डन निवासी किथले उपचारका लागि अस्पतालमा बेलाबेलामा पुगिरहनुपर्छ । शरीर अति मोटो भएकाले उनी आपैmँ अस्पताल जान सक्दैनन् । उनलाई ओछ्यानबाट उठाउनु, एम्बुलेन्समा राखी अस्पताल पु¥याउनु र फर्काएर पुनः ओछ्यानमा सुताउनु त्यति सजिलो छैन । यसका लागि आठजना एम्बुलेन्स कर्मचारीलाई खटाइएको छ । अस्पताल जाँदाबाहेक उनी घरबाहिर बिरलै निस्कन्छन् । दस वर्षयता उनको अधिकांश समय ओछ्यानमै बितेको छ ।
उनको रेखदेख र खानपिनको व्यवस्था मिलाउन थप चार मानिस खटाइएको छ । उनीहरूले दिनमा दुईपटक किथको निवासमा पुगेर खानपिनको व्यवस्था मिलाइदिने र अन्य घरायसी काम गरिदिने
गर्छन् । उनलाई नुहाइदिन तथा बढी तौलका कारण मुटु र शरीरका अन्य अङ्गमा कुनै असर नपुगोस् भनेर चारजना नर्स सातामा तीनपटक उनको निवास पठाउने गरिएको छ ।
एउटा व्यक्तिको हेरचाहका लागि सरकारी ढुकुटीबाट मोटो रकम खर्च भएको भन्दै केही बेलायती पत्रपत्रिकामा टिप्पणी प्रकाशन भएपछि मलिन स्वरमा उनले जीवित रहनका लागि पनि आपूmलाई सरकारी सहयोग आवश्यक
रहेको बताए । ‘सरकारबाट सहयोग पाइनँ भने म कसरी बाँच्न सकँुला र ? धूमपान गर्ने, ‘रक
क्ल्याम्बिङ’ गर्दा घाइते हुनेलगायतका मानिसले पनि सरकारबाट सहयोग पाउने गरेका छन् । आखिर मैले वजन घटाउने सक्दो प्रयास गरिरहेकै त छु नि,’ उनी भन्छन् । (डेलिमेल)

प्रतिक्रिया