एमालेले २१ गते मानवसागर ओराल्ने

काठमाडौ, ९ फागुण । एमालेले आगामी फागुण २१ देखि २३ गतेसम्म राजधानीमा आयोजना हुने पार्टीको पहिलो राष्ट्रिय प्रतिनिधि परिषदको बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
एमाले उपत्यका विशेष समन्वय समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरेर आयोजक समितिहरु ग्ठन गरेको जनाएको छ । एमालेले नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा उपत्यका ब्यवस्थपन र अनुगमन समिति, विनोद श्रेष्ठको संयोजकत्वमा जनपरिचालन तथा स्वयमसेवक समिति, विजय पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरेको जनाएको छ ।
रामेश्वर फुयालको संयोजकत्वमा प्रशासनिक सम्पर्क समिति, ममता गिरिको संयोजकत्वमा प्रचार समिति, हरिदत्त जोशीको संयोजकत्वमा मन्च ब्यवस्थापन, सानुकुमार श्रेष्ठको संयोजकत्वमा सास्कृतिक समिति गठन गरेको एमालेले जनाएको छ ।
समितिले परिषद बैठकको उदघाटनको दिन फागुन २१ गते राजधानीमा ब्यापक जनप्रर्दशन सहित शक्ति प्रर्दशन गर्न तथा राजधानीमा मानवसागर उतार्ने दाबी गरेको छ । श्रेष्ठले तीन दिने बैठक आयोजनाका लागि पारदर्शी ढंगले आर्थिक संकलन गरिएको बताउनुभएको छ । एमालेले प्रत्येक संगठित सदस्यबाट जनही १ सयको दरले सहयोग संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया