सात सालको ट्याङ्क

काठमाडौं, ८ फागुन । जहानियाँ राणाशासनकालमा तत्कालीन मुक्ति सेनाले प्रयोग गरेको ट्याङ्क बिपी सङ्ग्रहालयमा ल्याइएको छ । ०७ सालयता सुनसरीको अमाडुवा गाविस–१ स्थित सुगर फार्ममा अलपत्र रहेको ट्याङ्क सोमबार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा  ्याइएको हो । एक साता लगाएर सो ट्याङ्क राजधानी ल्याइएको सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले जानकारी  िए । सात सालमा मुक्ति सेनाले विराटनगरस्थित राणाका बडाहाकिमको अड्डा कब्जा गर्न ट्याङ्क प्रयोग गरेको थियो । ट्याङ्क सङ्ग्रहालयलाई हस्तान्तरण गर्न े क्रममा स्थानीय र राजनीतिक दलबीच विवादसमेत उत्पन्न भएको अध्यक्ष पोखरेलले बताए । संरक्षण अभावमा रहेको ट्याङ्कलाई बिपी सङ्ग्रहालयले सबै प्रक्रिया पूरा गरेर अमाडुवा गाविसबाट ल्याइएको उनले जानकारी दिए ।  केही साथीले अवरोध गर्नुभयो,’ पोखरेलले भने, ‘अन्ततः सुगर फार्मले हामीलाई स्वामित्व दिने कागजात भएपछि प्रशासनको  हयोगमा एस्कर्टिङ गरेर ल्याइयो ।’ विराटनगरमा भएको क्रान्तिका बेला विराटनगर जुटमिल कब्जा गरेर मिलका मेकानिक्सको सहयोगमा ट्याङ्क निर्माण गरिएको थियो । बिपी कोइरालाले ट्याङ्कबारे  आत्मवृत्तान्तमा पनि उल्लेख गरेका छन ् । उनल े तत्कालीन समयमा पनि साधारण ट्र्याक्टरलाई ट्याङ्क बनाएर युद्ध लडेको अध्यक्ष पोखरेल बताउँछन् । ‘इतिहासका  विद्यार्थीलाई िपीको सोचाइबारे जानकारी हुनेछ,’ उनले भने, ‘बिपीको सोचाइ  कति अगग्र ामी रहछे भन्ने ट्याङ्कबाट देखिन्छ ।’विराटनगर कब्जा भएपछि फेरि राणाहरूले कब्जामा लेलान् भनेर ट्याङ्क भारतीय सीमा नजिक सुनसरीको अमाडुवा गाविसको ुगरमिलमा राखिएको बताइन्छ ।

प्रतिक्रिया