सेनाले मनायो आफ्नै दिवस

काठमाडौं, ८ फागुन । नेपाली सेनाले आज राजधानीमा महाशिवरात्री तथा सेना दिवस बिभिन्न कार्यक्रम गरेर मनाएको छ । टुँडिखेलस्थित सैनिक मञ्चमा विविध रोचक कार्यक्रमहरुका साथै मार्चपासलगायतका कलाकौशल प्रदर्शन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यसैवीच, राष्ट्रपति रामवरण यादवले राष्ट्र, राष्ट्रियताको संरक्षण तथा मुलुकको विकास र हितका लागि अहोरात्र क्रियाशील रहेको भन्दै नेपाली सेनाको प्रशंसा गरेका छन् ।
शिवरात्री र सेना दिवसका अवसरमा आज सन्देश दिदै उनले आफ्नो स्थापनाको उद्देश्य र राष्ट्रले सुम्पेको जिम्मेवारी अनुरुप नेपाली सेनाले विगतमा गरेको बलिदान तथा योगदान सार्वभौम नेपालको इतिहासमा उल्लेखनीय पक्षका रुपमा रहने जनाएका छन् ।
उनले समृद्ध र समुन्नत राष्ट्र निर्माणका लागि प्राकृतिक सम्पदाको संरक्षण, विपद् व्यवस्थापन तथा उद्धारकार्यमा अतुलनीय योगदान पु¥याउंदै आएको तथा संयुक्त राष्ट्र संघको कार्यादेश अनुरुप विश्व शान्ति स्थापनामा सक्रिय रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईले पनि राष्ट्रिय सुरक्षा, सार्वभौम अखण्डता र स्वाधिनताका लागि सबै क्रियाशील तथा वीरतापूर्ण एवम् गौरवशाली इतिहास बोेकेको नेपाली सेनाको लाई शुभकामना दिएका छन् । उनले सेनाले अन्तर्राष्ट्रिय जगतमा पुराएको शान्ति स्थापना सम्बन्धी कामको समेत प्रशंसा गरे ।

प्रतिक्रिया