एघार लाखको अफिम खेती नष्ट

रौतहट, ६ फागुन । प्रहरीले रौतहट जिल्लामा व्यापारिक प्रयोजनमा खेती गरिएको अफिमलाई नष्ट गरिदिएको छ ।
प्रहरी चौकी बंकुल र सशस्त्र प्रहरी वेश क्याम्पको संयुक्त टोलीले सोनरनिया र बुधराम गाबिसमा गरिएको अफिमको खेतीलाई नष्ट गरेको प्रहरीले जनाएको छ । ति गाविसमा झण्डै १४ कठ्ठामा स्थानीयवासीले अफिम खेती गरेका थिए ।नष्ट गरिएको अफिमको बजार मूल्य झण्डै ११ लाख २० हजार रुपैयाँ बराबर पर्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया