दुर्घटनामा ३ जनाको मृत्यु

कैलाली, १७ फागुन । अत्तरिया महेन्द्रनगर सडकखण्डमा बुधबार ट्रयाक्टर र मोटरसाइकल आपसमा जुद्धा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएको छ ।

महेन्द्रराजमार्गको वाणीस्थित वनहरा पुल नजिकै से १ प ४८६८ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्रयाक्टर आपसमा जुद्धा मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार कञ्चनपुर जिल्ला कृष्णपुर गाविस २ का १४ वर्षीय लोकेश चन्द, सोही ठाउँका १४ वर्षीय पदम ऐर र १६ वर्षीय सुरेश ऐर रहेका छन् । तीनै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका गोपाल थापाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक घाइते थापाले ट्रयाक्टरसँग ठोकिएको बताएकाले प्रहरीले ट्रयाक्टरको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया