दीपकको प्रश्न दीपाको उत्तर

दीपकः किन धेरै मोटाएकी तिमी ?
दीपाः यो सब सबै दर्शकको मायाले हो, यसमा तिम्रो पनि देन छ । तिमीले धेरै मीठोमीठो खुवाएका छौ नि । एक्सरसाइज नगरेर पनि हो कि !
दीपकः तिमी साह्रै कडा स्वभावकी छ्यौ । गृहमन्त्रीको अफर आयो भने के गछ्र्यौ त ?
दीपाः म गृहमन्त्री भएँ भने मेरो शासनमा सब राम्रो हुन्छ । कडा शासक नभएरै देशको अवस्था यस्तो भएको हो । मेरोमा सुशासन हुन्छ, त्यसपछि सबै बिन्दास ।
दीपकः तिम्रो, नायक राजेश हमाल दाइको, कोमल वली दिदीको र मिथिला शर्मा दिदीको एउटै पार्टी छ क्यारे होइन ? वार्षिक उत्सव कहिले पर्छ नि ?
दीपाः त्यो त सुशील कोइराला दाइलाई नै सोधेर राख्नुपर्ला । पार्टीको नाम त तिमीलाई थाहा छँदै छ नि । बिर्सिएको भए सुन, ‘ब्याचलर’ हा.. हा..!
दीपकः तिम्रा धेरै युवा फ्यान छन् रे ! तिनले तिमीलाई विवाहको प्रस्ताव राखेको–राख्यै गर्छन् भन्ने सुन्छु, फेसबुकमा पनि त्यस्ता प्रस्ताव धेरै देख्छु । युवालाई के भनेर सम्बोधन गछ्र्यौ तिमी, भाइ कि अन्य…?
दीपाः प्रेमप्रस्ताव राख्नेलाई भाइ त भन्न पक्कै मिल्दैन, ‘मेरा प्रियहरू’ हो नि ! जसले मेरा हरेक न्युज मध्यनजर गरिदिनुहुन्छ । जो पायो त्यहीले हरेक क्रियाकलापमा कहाँ ध्यान दिएर बस्छ र ? सबैले यस्तो माया कहाँ पाउँछन् र ? मलाई सधैँ यसरी नै माया गरिराखिदिनुस् । तपाईं युवामा मेरो अनुरोध छ ।
दीपकः हाम्रो उमेर एक–एक वर्षमा बढ्छ । तिम्रोचाहिँ पाँच वर्षमा हिसाब हुन्छ रे नि ?
दीपाः चुनावका लागि सजिलो होस् भनेर पाँच–पाँच वर्षको हिसाब राखेको नि । पहिले त पाँच–पाँच वर्षकै हिसाबले चुनाव हुन्थ्यो, आजभोलि त कहिले हुने हो कहिले । चुनाव हुने सिचुएसन आएन भने नबढ्लाजस्तो पो छ त अब झन् ।

प्रतिक्रिया