इरानमाथि आक्रमण गर्दा इजरायलले अमेरिकालाई नसोध्ने

वासिङ्टन, १६ फागुन । इजरायलले इरानमाथि आक्रमण गर्दा अमेरिकालाई नसोध्ने प्रस्ट पारेको छ । उच्चपदस्थ अमेरिकी अधिकारीसँगको भेटका क्रममा इजरायली अधिकारीले यस्तो जनाउ दिने गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले मङ्गलबार जनाएको छ ।
इरानमा जारी परमाणु कार्यक्रम आमविनाशकारी परमाणु हतियार उत्पादन गर्नेतर्पm लक्ष्य रहेको दाबी इजरायल, अमेरिकालगायत पश्चिमी राष्ट्रहरूले गर्दै आएका छन् ।
इरानसँग शत्रुतापूर्ण सम्बन्ध रहेको इजरायलले इरानको हातमा परमाणु हतियार पर्न नदिन जस्तोसुकै कदम चाल्न आपूm तयार रहेको चेतावनी दिँदै आएको छ । यसका लागि इरानको परमाणु केन्द्रमा आक्रमण गर्नसमेत पछाडि नपर्ने भनाइ इजरायली अधिकारीबाट आउने गरेको छ ।
इरानमाथि इजरायलले आक्रमण गर्ने जानकारी पाए आक्रमण रोक्न अमेरिकाले पहल गर्नसक्ने भएकाले आक्रमण गर्नैपरे अमेरिकालाई नसोध्ने निष्कर्षमा आपूmहरू पुगेको इजरायली अधिकारीले बताउने गरेको समाचारमा जनाइएको छ । सैन्य हमलाबाट केही समयका लागि मात्रै इरानमा परमाणु कार्यक्रम अवरुद्ध हुन्छ भन्नेमा इजरायललाई मनाउने प्रयास अमेरिकाले गर्दै आएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इहुद बाराकले अमेरिकी सेनाप्रमुख, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार, अमेरिकी गुप्तचर निकायका प्रमुख, वरिष्ठ अमेरिकी सांसद् आदिसँगको कुराकानीका क्रममा यस्तो भनाइ राख्ने गरेको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एपीले जनाएको छ । इरान मामिलामा इजरायल र अमेरिकाको समान धारणा बनाउन अमेरिकी अधिकारी प्रयासरत छन् । तर, अमेरिकाको यस्तो प्रयासले इजरायललाई रिझाउन सकिरहेको छैन ।
अमेरिकी अधिकारीहरूले इरानमाथि आक्रमण पनि नगर्ने र इजरायलले एकतर्फी रूपमा आक्रमण गरे उसलाई साथ नदिने सङ्केत दिएपछि इजरायलले इरानमाथि आक्रमण गर्दा अमेरिकालाई जानकारी
नदिने निष्कर्ष निकालेको समाचारमा जनाइएको छ ।
इजरायल र अमेरिकाले इरानमा जारी युरेनियम प्रशोधन कार्य परमाणु हतियार निर्माण गर्नेतर्फ लक्ष्यित रहेको आरोप लगाउने गरे पनि इरानले यस्तो आरोप अस्वीकार गर्दै आएको छ । ऊर्जा उत्पादन र औषधोपचारको प्रयोजनका लागि युरेनियम प्रशोधनकार्य सञ्चालन गरिएको दाबी इरानले गर्दै आएको छ । उच्च प्रशोधित युरेनियम परमाणु हतियार बनाउन प्रयोग हुन्छ । युरेनियम प्रशोधनकार्यमा लागि परेको भन्दै अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले इरानको पारमाणविक तथा वित्तीय क्षेत्रलाई लक्ष्यित गरी विभिन्नखाले नाकाबन्दी लगाइसकेका छन् । तर, इरानले भने यसबाट आपूmलाई कुनै असर नपर्ने भन्दै पश्चिमी दबाबको बेवास्ता गर्दै आएको छ ।
पश्चिम एसियामा इजरायलसँग मात्रै परमाणु हतियार छ । इजरायलसँग शत्रुतापूर्ण सम्बन्ध रहेको इरानले परमाणु हतियार बनाए यसबाट इजरायली प्रभुत्व सङ्कटमा पर्ने देखेपछि इरानको हातमा परमाणु हतियार पर्न नदिन इजरायल प्रतिबद्ध रहेको आलोचकहरूको भनाइ छ । (एजेन्सी)

प्रतिक्रिया