वाईसियलको आन्दोलन स्थगित

काठमाडौं, १६ फागुन । वाईसियलमा कार्यरत जनमुक्ति सेनाले आफ्ना संघर्षका कार्यक्रम केही समयका लागि स्थगित गरेको जनाएको छ ।
जनमुक्ति सेना नेपाल संयुक्त आन्दोलन संयोजन समितिका संयोजक धु्रव घिमिरेले आज विज्ञप्ती जारी गरेर फागुन १६ देखि २२ गते सम्म सम्पूर्ण आन्दोलनका कार्यक्रमलाई स्थगित गरिएको जनाएका छन् ।
जनमुक्ति सेनाबाट वाईसियलमा आएका लडाकुले स्वयच्छिक अवकासमा गएका लडाकु सरह सुविधा, पार्टीमा आर्थिक पारदर्शिता लगायत बिभिन्न ८ बुँदे माग राखेर नेतृत्व बिरुद्ध फाल्गुन ८ गतेदेखि आन्दोलन गर्दै आईरहेका छन् । वाईसियलको आन्दोलन र मागका बिषयमा एकीकृत माओवादी पदाधिकारीले सम्बोधन गर्ने प्रतिवद्धता जनाउदै नेताहरुलाई जिम्मेवारी दिएको छ ।
मागहरुका वारेमा पार्टी अध्यक्ष लगाएत पदाधिकारीहरु सकारात्मक रहेको भन्दै संयोजक घिमिरेले फागुन २२ गते सम्म आन्दोलन स्थगन गरिएको जनाएका छन् । उनले फागुन २२ गते सम्म माग सम्वोधन नभए फाल्गुन २३ गतेवाट पुनः शसक्त रुपमा चर्काउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया