विखण्डनको कल्पना पनि गर्न सक्दिन

काठमाडौ बाट मधेसको सम्बन्ध टुट्न सक्छ’ भन्ने सूचना तथा सञ्चारमन्त्री जयप्रकाश गुप्ताको अभिव्यक्ति गत साताको सबैभन्दा विवादास्पद विषय बन्यो । यसैको सेरोफेरोमा मन्त्री गुप्तासाग खगेन्द्र पन्त र रामहरि पाण्डेको कुराकानी
तपाईंको अभिव्यक्ति निकै विवादित बन्यो । यो धम्की मात्रै हो कि साँच्चिकै हो ?
करााची पाकिस्तानको एउटा प्रादेशिक केन्द्र हो । करााचीका राजनीतिज्ञहरू भन्छन्, इस्लामाबादसाग हाम्रो दूरी बढेको छ । चीन र भारतको सम्बन्धका बारेमा अखबारमा लेखिन्छन्, बेइजिङ र दिल्लीको दूरी बढेको छ, वासिङ्टन र बेइजिङको दूरी बढेको छ । यो प्रतीकात्मक सन्दर्भमा व्यक्त भएका
कुराहरू हुन् । यहाा मूल कुरा मधेस र काठमाडौाको हो ।
काठमाडौं वर्तमानको स्थापित सत्तालाई प्रतिनिधित्व गर्ने शब्दावली हो भने मधेस स्थापित सत्तासाग आˆना माग राखी ती माग समाधान गर्ने अभ्यासमा छ । तसर्थ, मैले प्रतीकात्मक रूपमै भनेको हुा, ‘मधेसलाई उपेक्षा गरियो र संविधान निर्माणका क्रममा संविधानसभाको अन्तिम समयसम्म पनि मधेसका मुद्दाहरूलाई सम्बोधन गरिएन, तिरस्कार गरियो भने मधेस र काठमाडौ को सम्बन्ध टुट्न सक्छ, सौहार्दता नरहन सक्छ र मधेस आन्दोलनमा जान्छ भनेर ।’ तर, यहां सधैा देश विखण्डनको नारा उचालिरहने तथा एउटा समुदायले अर्को समुदायलाई राष्ट्रघाती आरोपित गरिरहने खेलमा अभ्यस्त व्यक्तिहरूले यसलाई विखण्डनको सन्दर्भमा हेरे । यसबाट म दुःखी छु ।
त्यस्ता व्यक्ति वा शक्ति भनेका को हुन् ?
मधेसमा अहिले उल्लेखनीय रूपमा सशस्त्र समूहहरू कार्यरत छन् । तिनीहरू खुलेआम देश विखण्डनका कुरा गरिरहेका छन् । हामी शान्तिपूर्ण धारको राजनीति गर्ने व्यक्तिहरू ती विखण्डनका नारा बोक्नेहरूसाग जुधिरहेका छौ। र, सरकारलाई आग्रह गरिरहेका छौा कि उनीहरूलाई पनि वार्तामा ल्याउनु पर्‍यो । त्यस्तै सशस्त्र समूहहरूलाई पनि गलत कुरा छाड्नुपर्‍यो भनिरहेका छौ । यसरी शान्तिपूर्ण राजनीतिमा लागेका हामीहरू अर्थात् मजस्तो मान्छे विखण्डनको योजनाभित्र परेको त
कल्पना पनि गर्न सकिादैन । यो एउटा दलीय प्रतिस्पर्धामा एकले अर्कालाई आलोचना गर्ने सन्दर्भमा अतिशयोक्तिपूर्ण आलोचनाको राजनीति हो ।
को-कोबाट यस्ता कुरा भइरहेका छन् ? दलहरूबाट कि व्यक्तिहरूबाट ?
चित्रबहादुर केसीजी खुलेआम सङ्घीयताको विरोधमा हुनुहुन्छ र सङ्घीयतालाई देश टुत्र\mयााउने योजना भन्नुहुन्छ । सबैभन्दा ठूलो आलोचना पनि हाम्रो नै गर्नुहुन्छ । जबकि मुलुकको अन्तरिम संविधानले नै सङ्घीयतालाई स्वीकार गरिसकेको छ । तर, अचानो हामी भएका छौा । एमाले अध्यक्ष झलनाथ खनालले भर्खर पारित आˆनो राजनीति प्रतिवेदनमा मधेस केन्दि्रत पार्टीहरूलाई अलगावादी, विखण्डनवादी भन्ने शब्दबाट आरोपित गर्नुभएको छ । तिनै पार्टी हिजो उहाासागै सरकारमा थिए । अझ, उहांको पार्टीको नेतृत्वमा सरकार बनाउने प्रमुख सहयोगी नै थिए । क्षणिक स्वार्थ र सानो असहमतिलाई लिएर हामीलाई अराष्ट्रवादी, देश टुत्रायाउने विखण्डनकारीको रूपमा चित्रित गरिादै छ । मैले यसप्रति दुःख र रोष पनि प्रकट गरेको छु ।
राष्ट्रपतिले समेत तपाईंको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग चासो व्यक्त गर्नुभयो । तपाईंले पार्टीको तर्फबाट यस सम्बन्धमा राष्ट्रपतिसमक्ष लिखित पत्र नै दिनुभयो । तपाईंसँग उहाँले के-के कुरा गर्नुभयो ?
राष्ट्रपतिले भन्नुभयो, ‘मैले तपाईंको नाम नलिइकन प्रधानमन्त्रीसाग कुरा राखेको हुा, तपाईंका लागि मैले व्यक्तिगत रूपमा यो कुरा गरेको पनि होइन । राजनीतिक पार्टीका
धेरै जिम्मेवार नेताहरूले राष्ट्रिय एकता, जातीय सद्भावलाई असर गर्ने कुराहरू गरिरहेका हुनाले मैले प्रधानमन्त्रीको ध्यानाकृष्ट गरेको हुा । जसरी यो विषय तपाईंप्रति लक्षित भयो,
यसमा दुःख लागेको छ’ भन्नुभयो । राजनीति गर्ने र पदमा रहेका जिम्मेवार व्यक्तिले यस्तो कुरा गर्नुहुादैन भन्नुभयो । र, उहााले मुलुकको समस्या समाधान गर्नका लागि मधेसलाई एक्लो पार्नु हांदैन पनि भन्नुभयो । एमाओवादी, काङ्ग्रेस र एमालेपछि चौथो ठूलो शक्तिका रूपमा मधेसलाई पनि राखेर मधेसका मुद्दा समाधान गरिनुपर्छ भन्नुभयो ।
तपाईंले राष्ट्रपतिलाई दिनुभएको पत्रमा मधेसी जनता आन्दोलनको मानसिकतामा छन्’ भन्नुभएको छ, यस विषयमा मधेसका अन्य दलहरूसँग पनि छलफल भएको छ कि तपाईंको पार्टीको मात्रै कुरा हो ?
मेरो पार्टी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एउटा भाग हो । र, मोर्चाको समान राय मधेस आन्दोलनको मनस्थितिमा रहेको भन्ने छ । त्यसकारण मैले एक्लै कुनै अद्भूत र नयां कुरा गरेको होइन ।
यसअघि रक्षामन्त्री रहेका शरतसिंह भण्डारीको अभिव्यक्ति पनि विवादमा तानियो र मन्त्री पदबाटै हटाइयो । अहिले तपाईंको अभिव्यक्ति पनि त्यस्तै विवादित बनेको छ, किन मधेसी नेताहरू मात्रै विवादित बनेका ?
हामी अत्यन्तै कमजोर छौं । यसअघि स्पष्ट अडानका
साथ राजनीतिमा अड्न सकेनौ । एमाले, काङ्ग्रेस र एमाओवादीले हामीलाई सत्ता निर्माणका लागि मात्र प्रयोग गरे ।
उनीहरूले हामीलाई उपयोग मात्रै गरिरहे । जमिन्दारको खेती उठाइदिने वा हरुवा, चरुवाका रूपमा मधेसका पार्टीहरू प्रयोग भए । तर, अहिले जब संविधान निर्माण अन्तिम अवस्थामा पुगेको छ, यस कुराको चेतना बोध भएको छ हामीलाई । संविधान बनाउन र त्यो संविधानमा मधेसका कुरालाई समावेश गराउन हामी आएका हौा । हामीले आˆनो स्वतन्त्र अस्तित्व खोज्दा, संविधानमा हाम्रा राजनीतिका मागहरूले कतिको स्थान पायो त ?
पछिल्ला हरेक सरकार बन्नुअघि तपाईंहरूले आफ्ना मुद्दामा सहमति गरेर सरकारमा सहभागी भइरहनुभएको छ । आफैँ सरकारमा बसेर हाम्रा मागहरू पूरा भएनन् भनेर अरूलाई आरोप लगाउन शोभनीय हुन्छ र ?
हामी सरकारमा गयौा र सेनामा मधेसी समुदायको सहभागिताको कुरा गर्‍यौा, अदालतले रोकिदियो ।
हामीले नागरिकता समस्या समाधानको कुरा गर्‍यौ, अदालतले रोक्यो । समावेशी विधेयक संसद्मा पेस गरेका थियौ, काङ्ग्रेस/एमालेले मानेनन् र ६० दिन गुजारेर विधेयक असफल गराइदिए । यसपालि त्यो विधेयक दर्ता गराएका छौा, के हुन्छ थाहा छैन । सरकारमा बसेर हामीले थोरबहुत केही गर्न खोज्छौ तर त्यसमा कताकताबाट केही अवरोध आइपुग्छ । र, हाम्रा कुरा अगाडि बढ्न सक्दैनन् । अनि हामीमाथि आरोप आउाछ, सरकारमा बसिस् तर आˆना कुरा पूरा गर्न सकिनस् भनेर । हामी अब त पूरा गर्छौं भनेर भन्छौ । तपाईंले अहिले हाम्रो स्थिति देख्नुभएकै छ ।
यसको अर्थ तपाईंहरूका मुद्दा पूरा हुन नदिन सिङ्गो राज्य संयन्त्र नै लागेको देखियो होइन त ?
मैले भनेको मुख्य कुरा नै यही हो । मेरो असन्तुष्टिको
मुख्य केन्द्रविन्दु नै यिनै कुरा हुन् । व्यवहारमा देखिएको
पनि यस्तै छ । विकासको कुरा गर्ने हो भने पूर्वपश्चिम रेलमार्ग नेपालकै डि्रम प्रोजेक्ट हो । त्यो रोकियो ।
हुलाकी सडक रोकियो, नागरिकता रोकियो, सेनामा
प्रवेश रोकियो, मतदाता नामावली रोकियो । त्यो सबै एउटा निकायले गरेको होइन, राज्यका विभिन्न निकायको यसमा संलग्नता छ । यी सबै देख्दा लाग्छ- सिङ्गो राज्य संयन्त्रले
हामीलाई कुटीकुटी भूत भगाउने मुड बनाएको छ तर हाम्रो बाध्यता शान्तिपूर्ण तरिकाले सङ्घर्ष गरेरै यो कुरा पाउनु पनि छ ।

प्रतिक्रिया