अखण्ड धौलागिरिको माग

बागलुङ, १५ फागुन । एमालेको धौलागिरि अञ्चल समन्वय समितिले अखण्ड धौलागिरिको माग गरेको छ । समितिको बागलुङमा बसेको बैठकले राज्य पुनसंरचना आयोगको बहुमतले दिएको प्रतिवेदनप्रति असहमति जनाउदै अखण्ड धौलागिरिको माग गर्ने निर्णय गरेको हो ।

बहुमतका नाममा आएका खाका जनताको भावना अनुसार नभएकाले त्यसलाई स्वीकार गर्न नसकिने एमालेले जनाएको छ । धौलागिरिबासी जनता अखण्ड धौलागिरिका पक्षमा छन् एमाले अञ्चल सचिव थापाले भने, ‘जनताको भावना अनुसार धौलागिरि अञ्चललाई एउटा राज्य बनाउनु पर्छ ।’

राज्य पुनसंरचनामा अखण्ड धौलागिरिका पक्षमा जनमत सिर्जना गर्नका लागि अञ्चल समितिले अभियान सञ्चालन गर्ने निर्णय पनि एमालेले गरेको छ । वैठकले फागुन २१ गतेदेखि हुने एमाले राष्ट्रिय प्रतिनिधि परिषद वैठकको उद्घाटन कार्यक्रममा धौलागिरि अञ्चलबाट २ हजार नेता कार्यकर्तालाई सहभागिता गराउने निर्णय मेत गरेको छ ।

प्रतिक्रिया