माल्दिभ्स-सङ्कट अन्त्य गर्न भारत र अमेरिका एकसाथ

वासिङ्टन, ६ फागुन -एजेन्सी) । दक्षिण एसियाली राष्ट्र मालदिभ्समा गहिरिादो राजनीतिक सङ्कट समाधान गर्न अमेरिकाले भारतसाग मिलेर काम गरिरहेको अमेरिकी विदेश मन्त्रालयले शनिबार जनाएको छ । राजनीतिक सङ्कटको शान्तिपूर्ण समाधान खोज्ने ‘सबै पक्ष’को क्रियाशीलताको समेत अमेरिकाले स्वागत गरेको छ ।
‘शान्तिपूर्ण निकासका लागि सबै पक्ष आआˆनो ठाउाबाट क्रियाशील भएका छन्, यस्तो क्रियाशीलतालाई हामी स्वागत गछौर्ा,’ अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता भिक्टोरिया नुलान्डले संवाददातासाग भनिन् । माल्दिभ्सको राजनीतिक गतिरोध अन्त्य गर्न र छिटोभन्दा छिटो निर्वाचनको वातावरण तयार गर्न सहमतीय सरकारले खेल्नुपर्ने भूमिकाबारे मालदिभ्सका जनताबीच छलफल जारी रहेको बताउादै प्रवक्ता नुलान्डले यस्तो छलफललाई समेत अमेरिकाले स्वागत गरेको प्रस्ट पारिन् ।
माल्दिभ्समा भारतको पहिलेदेखि नै सशक्त भूमिका रहेको जिकिर गर्दै उनले माल्दिभ्स मामिलामा भारतसाग अत्यन्त निकट रहेर अमेरिकाले काम गरिरहेको उल्लेख गरिन् । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री रोबर्ट ब्लेक र उनका भारतीय समकक्षीले अफगान मामिलामा निकट रहेर काम गरिरहेको प्रवक्ता नुलान्डले जानकारी दिइन् । माल्दिभ्सको अवस्था बुझ्न केही साताअघि सहायक विदेशमन्त्री ब्लेक राजधानी माले पुगेका थिए ।
सन् २००८ मा भएको निर्वाचनमा विजय हासिल गरी देशको पहिलो निर्वाचित राष्ट्रपति बनेका मोहम्मद नासिदले गत साता पदबाट राजिनामा दिएका थिए । उनले प्रहरी समेतको संलग्नतामा हप्तौासम्म सरकारविरोधी प्रदर्शन हुन थालेपछि रक्तपात रोक्न भन्दै  राजिनामा दिएका थिए, तर लगत्तै उनले आफूलाई जबर्जस्ती राजिनामा गर्न लगाइएको दाबी गर्दै यसलाई ‘कु’ को संज्ञा दिए  ।
आˆनो राजिनामामा नासिदले भनेका थिए, ‘मैले थप समय  राष्ट्रपतिको कार्यभार सम्हाल्ने हो भने जनताले अझ दुःख पाउनेछन् । त्यसैले मैले राष्ट्रपतिबाट राजिनामा दिएको छु ।’ तर, राजिनामा दिएको केही समयपछि उनले आफूलाई बन्दुक देखाएर राजिनामापत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको आरोप लगाएका थिए । नासिदको यस्तो भनाइपछि माल्दिभ्समा अमेरिका, भारत लगायत अन्तर्राष्ट्रिय समुदायको चासो बढेको थियो ।
नासिदका समर्थकले उनलाई जबर्जस्ती अपदस्थ गरिएको भन्दै यसको विरोध गर्दै आएका छन्, जसले गर्दा त्यहााको राजनीतिक गतिरोध समाधान हुन सकेको छैन ।
यस्तो अवस्था विद्यमान रहादा अमेरिकी विदेश प्रवक्ताले माल्दिभ्समा जारी राजनीतिक गतिरोध समाधान गर्ने दिशामा अमेरिकाले भारतसाग मिलेर काम गरिरहेको खुलासा गरेकी हुन् ।

प्रतिक्रिया