‘पलायन हुनबाट सरकारले रोक्नुपर्छ’

नेपालको चार्टर्ड एकाउन्टेन्ट क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल व्यक्तिका रूपमा रहेका छन् नवराज बुर्लाकोटी । हालै सम्पन्न सङ्घको २७औ साधारणसभामा उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनी करिब १० वर्षदेखि यही पेसामा छन् । सङ्घको वर्तमान अवस्था र समस्याका बारेमा सौर्य दैनिकका लागि काजी श्रेष्ठले बुर्लाकोटीसग गरेको कुराकानी ।

सङ्घका बारेमा के भन्नुहुन्छ ?

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घ नेपाली चार्टर्ड  काउन्टेन्टहरूको पेसागत संस्था हो । लेखा र लेखा व्यवसायलाई सम्बद्र्धन तथा विकासको लागि स्थापना भएको एक मुनाफारहित सङ्घ हो । यो संस्था विसं २०३१ सालमा स्थापना भएको हो । यो नेपालमा लेखा व्यवसायको सम्बद्र्धन तथा विकासमा लागि रहने छ ।

सङ्घमा कति चार्टर्ड एकाउन्टेन्ट संलग्न छन् ?
सङ्घमा हाल करिब ४ सय ५० चार्टर्ड एकाउन्टेन्टहरू सदस्य रहेका छन् । सङ्घमा चार्टर्ड एकाउन्टेन्ट नेपाली नागरिकबाहेक अन्य व्यक्तिहरू सदस्य हुन पाउँदैनन् ।
विद्यार्थीको आकर्षण कस्तो छ ?
देशको राजनीति, आर्थिक अवस्था, औधोगिकीकरण आदिमा देखिएको समस्याका कारणबाट यस क्षेत्रमा विद्यार्थीहरूको आकर्षण जसरी बढन् पर्न थिया त्यही अनुपातमा बढको पाइँदैन । देशलाई औधोगिकीकरण तर्फ डोहराई तीव्र आर्थिक वृद्धि गर्न चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विकास गर्न आवश्यक ऐन–नियम  तर्जुमा संशोधनगर्न  आवश्यक छ ।
एकाउन्टेन्ट्स विदेश पलायन हुन थालेका छन् नि ?
नेपालमा काम गर्ने उपयुक्त वातावरण छैन । लगानीको वातावरण नीतिगत रूपमा मात्र भएर पुग्दैन । व्यावहारिकरूपमा पनि हुन आवश्यक छ । देशमा लगानीको वातावरण
नहुनु र भइरहेका उद्योगहरू पनि बन्द हुने गरेकोले पनि दक्ष चार्टर्ड एकाउन्टेन्टहरू विदेश लायन हुन थालेका हुन् । यसलाई रोक्न प्रशस्त लगानी गर्नु पर्यो । । यसले गर्दा सबै बर्गको रोजगार पाउने भए । कति पलायन भए भन्ने कुनै पनि आधिकारिक तथ्याङ्क त छैन । करिब एक सय ५० देखि दुई सयको हाराहारीमा विदेश पलायन भएको अनुमान
छ । तर यो कुनै आधिकारिक भने होइन । यसलाई रोक्नु पर्छ ।

आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टको भूमिका के रहन्छ ?
चार्टर्ड एकाउन्टेन्टलाई सदुपयोग गर्न सकेमा देशले ठूलै फड्को मार्न सक्छ । चार्टर्ड एकाउन्टन्े टहरू मिसयजु हनु चाहदनँै न ् । सदवै युज मात्र हुन चाहन्छन् ।  नीहरूबाट
उद्योगहरू सञ्चालन पनि राम्रो तरिकाले गर्न सकिन्छ । यसले गर्दा देशका लागि सहयोग पुग्छ । लेखा र लेखापरीक्षणलाई एउटै रूपमा हेरिएको छ । यसलाई फरक रूपमा
बुझ्नु आवश्यक छ ।
समस्याहरू के छन् त ?
प्रमुख समस्याको रूपमा देशको नीति नै देखिन्छ । जबसम्म चार्टर्ड एकाउन्टेन्ट वा लेखा र लेखाव्यवसायीहरूको विकास हुन सक्दैन तबसम्म देश औद्योगिकीकरणतर्फ लम्कन सक्दैन । हाम्रो देशमा यस पेसालाई मर्यादित तथा व्यावसायिक बनाउन यस क्षत्रे मा सरकारले लगानी गर्नुपर्ने हो तर पर्याप्त लगानी गरेको देखिँदैन । पाठ्यपुस्तकहरू पनि पर्याप्त रूपमा पाइँदैनन् । सरकारले चार्टर्ड एकाउन्टेन्टहरू उत्पादन गर्न पर्याप्त खर्च गरेको छैन ।
अन्त्यमा केही ?
चार्टर्ड एकाउन्टेन्टका समस्या सरकारले पहिचान गरी यसको समाधानतर्फ ध्यान दिनका लागि समयमै सरकारले नीति परिमार्जन गर्नुपर्छ । देश विकासका लागि लेखा
व्यवसायमा लगानी बढाउनु आवश्यक छ ।

प्रतिक्रिया