सुन्दरी अजारेन्काले झन्डै टेनिस छाडेकी

एएफपी


मस्को, ६ फागुन । एक वर्षअघि टेनिस स्टार भिक्टोरिआ अजारेन्कालाई कमैले चिन्दथे । एक टुरमा प्राप्त खराब नतिजाले बेलारुसकी यी २२ वषर्ीया टेनिस सुन्दरी त्यस समय खेल्नै छाड्ने मनस्थितिमा पुगेकी थिइन् । तर परिवारको सल्लाह र दबावपछि उनले खेल्ालाई निरन्तरता दिइन् ।
परिवारको सल्लाह उनको खेल जीवनमै सर्वाधिक ठूलो सहयोग रह्यो । र, एक वर्षपछि सोही टुरको अर्को संस्करण सुरु हुनुअगावै उनी विश्वका सबैभन्दा ग्ल्यामरस खेलहरूमध्ये एक यस खेलमा नम्बर एक महिला खेलाडी बन्न सफल
भइसकेकी छन् ।
यतिवेला उनी गत वर्ष सन्न्यासको मनस्थितिमा पुर्‍याउने नतिजा दिलाएको टुर मध्यपूर्वमा निस्कन लागेकी छन्, फरक परिचयका साथ । सिजनको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको उपाधि जितेपछि अजारेन्का नम्बर एक बनेकी छन्, दुई प्रतियोगिता रहने यस टुरअघि नै । उनले यस टुरमा क्लासिक कतार र दुबई ओपन खेल्नेछन् । गत सिजनमा उनी क्लासिक कतारमा पहिलो र दुबईमा दोस्रो चरणबाट बाहिरिएकी थिइन् ।
‘मेरी आमाले हारका बारेमा तनाव नलिकन घरमा आएर आराम गर भन्नुभयो ।’ गत वर्षको घटना उनले स्मरण गर्दै हजुरआमाको सान्त्वना सम्झिन्, ‘हजुरआमाले जीवनमा टेनिस खेलमा आउनेभन्दा पनि धेरै कठिन क्षणहरू आउाछन्,’ भन्नुभयो ।
यसपटक  धेरै आत्मविश्वासी देखिने अजारेन्काले कतारमा दुई लाख अमेरिकी डलर पुरस्कारका लागि बलियो दाबेदारी गर्नेछिन् । प्रतियोगिताको पूर्वसन्ध्यामा विजेता बारे गरिएका मत सर्वेक्षणले अजारेन्काकै पक्षमा नतिजा दिएका छन् ।
‘गत संस्करणमा म लथालिङ्ग थिएा । कुनै पनि उत्तेजनालाई मैले नियन्त्रण गर्न सकिन । म मानसिकरूपमै परिवर्तन हुनुपथ्र्यो ।’ अजारेन्काले विगतको आत्म समीक्षा गरिन्,’म अब कुनैपनि घटनालाई हेरेर आत्तिने छैन । त्यससाग लड्नेछु, जुध्नेछु ।’
उनले प्राप्त उपलब्धिले खुसी बनाएको भन्दै त्यसले थप जिम्मेवारी र दबाव सृजना गरेकेा बताइन् । ‘यी सब हुनुमा खुसी महसुस गर्दै छु । तर यो सागै धेरै जिम्मेवारी र दबाव पनि परेको छ’ । उनी वर्तमानतर्फ फर्किन्,’मैले यो प्राप्त गर्न धेरै मिहेनत गरे । तर मैले प्राप्त उपलब्धिलाई कायम राख्न मिहेनतलाई जारी राख्नुपर्ने छ ।’
प्रतिस्पर्धाको बजार चर्को भएको भन्दै उनले जुनसुकै बेला पनि उपलब्धि गुम्नेप्रति आफू सचेत रहेको बताइन् । ‘मानिसहरूले मेरो प्रसंसा गरेकेामा खुसी लाग्छ । तर अन्य खेलाडीका बारेमा जे जति टिप्पणीहरू भइरहेका छन्, त्यो राम्रो होइन ।’
पूर्व विश्व नम्बर एक क्यारोलिन वोज्निस्कीबारे भइरहेको टीकाटिप्पणीलाई सङ्केत गर्दै उनले भनिन्, ‘सबै खेलाडी उत्तिकै प्रतिभावान छन् ।’ गत सिजनभर नम्बर एक रहेकी वोज्निस्की अहिलेसम्म ग्रान्ड स्ल्यामविहीन छन् भन्ने टीकाटिप्पणी निकै हुने
गरेको छ ।

प्रतिक्रिया