प्रजातन्त्रवादी शक्ति मिल्नुपर्छः अध्यक्ष थापा

विराटनगर, १४ फागुन ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक बचाउनका लागि प्रजातन्त्रवादी शक्तिहरु मिलेर जानुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरागर्दै थापाले मुलुकमा रिक्तता आउन नदिन मिलर जानुको बिकल्प नरहेको बताए । उनले जेठ १४ भित्र संविधान नबन्ने समेत दावी गरेका छन ।
अध्यक्ष थापाले जेठ १४ पछि आउने रिक्ततालाई प्रजातन्त्रवादी, वामपन्थी र राष्ट्रवादी मिलेर हलगर्नुपर्ने बताए । उनले जेठ १४ पछि देशमा राजनीतिक जटिलता आउने र सवै शक्ति नमिले अराजकता वढेर जाने चेतावनी दिएका छन् ।
चार वर्षसम्ममा निर्माण हुन नसकेको संविधान बाँकी तीन महिनामा बन्छ भन्नेमा आफूलाई विश्वास नलागेको अध्यक्ष थापाको भनाई छ ।
उनले बर्षौ लगाउँदापनि बन्न नसकेको काम सहज किसिमले नहुने बताए । थापाले भने, ‘संविधान जादुको छडी लगाएरपनि बन्दैन ।’

प्रतिक्रिया