कोरियाले साढे ३६ सय श्रम करार पठायो

सौर्य समाचार

काठमाडौ, १३ फागुन । दक्षिण कोरियाले करिब दुई महिना अवधिमा तीन हजार ६ सय ५५ जनाको श्रम करार -लेभर कन्ट्रयाक) पठाएको छ । सन् २०१२ सुरु भएपछि कोरियाले रोजगार अनुमति प्रणाली -इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण भई रोस्टरमा रहेकामध्ये तीन हजार ६ सय ५५ कामदारको श्रम करार पठाएको हो ।
सन् ०१२ सुरु भएपछि पठाएको श्रम करारमध्ये अहिलेसम्म दुई सय ५९ जना कोरिया रोजगारीमा गइसकेको इपिएसले जनाएको छ । योसहित अहिलेसम्म इपिएस अन्तर्गत नौ हजार आठ सय ३० जना कामदार कोरिया रोजगारीमा गइसकेको इपिएसका निर्देशक महेश आचार्यले बताए । निर्देशक आचार्यका अनुसार रोजगारदाताले माग गरेअनुरूप भाषा परीक्षा उत्तीर्ण गरी सबै प्रक्रिया पूरा भई रोस्टरमा रहेका कामदार कोरिया गएका हुन् ।
यसबाहेक कतिपय स्वेच्छाले कोरिया जान नचाहेको तथा विभिन्न कारणले रोस्टराबाट हटेको इपिएसले जनाएको छ । कतिपय कामदार यसअघि नै कोरिया गएर आएका तथा कतिपय अभियोग लागेका कामदार रोस्टरबाट हटाइएको इपिएसको भनाइ छ ।
यस वर्ष इपएसिले १५ हजार ६ सय ५८ जनाको रोस्टर तयार पारेको थियो । सन् २०११ मा भएको कोरियन भाषा परीक्षा उत्तीर्ण भएका करिब १५ हजार र अघिल्लो वर्ष उत्तीर्ण गरी रोजगारीमा जान बाकी रहेका समेतको रोस्टर तयार गरेको हो ।
कोरियाले भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका कामदारलाई जतिसक्दो चााडो लैजाने तयारी गरेकाले पनि दुई महिनामै ३६ सयभन्दा बढीको लेबर कन्ट्रयाक पठाइएको इपिएसले जनाएको छ । इपिएसका अनुसार अगामी मार्च महिनादेखि प्रत्येक साता तीन सय कामदार कोरिया जानेछन् । ठूलो सङ्ख्यामा कामदार रोस्टरमा रहेकाले पनि हरेक उडानमा तीन सयभन्दा बढी कामदार कोरिया लैजाने तयारी भइरहेको इपिएसले जनाएको छ ।
पहिलोपटक भाषा परीक्षा उत्तीर्ण गरी गएका कामदारलाई उत्पादन, सेवा तथा कृषि क्षेत्रमा रोजगारी दिएको थियो । गत वर्ष भने नेपाली कामदारलाई उत्पादनमूलक क्षेत्रमा मात्र रोजगारी दिएको कोरियाले यस पटकबाट कृषिक्षेत्रमा समेत कामदार लैजादै छ । त्यहा जाने कामदारमध्ये उत्पादन क्षेत्रमा काम पाउनेले सातामा ४० घण्टा काम गर्नुपर्ने छ तर अन्य क्षेत्रमा गएकालाई भने रोजगारदाताले आपसी समझदारीमा काम गर्ने समयावधि तोक्ने गरेको इपिएसले जानकारी दिएको छ । कोरियाले आगामी केही महिनाभित्र नै सबै कामदार लगिसक्ने उद्देश्यले अहिले माग बढाउादै लैजाने जानकारी आएको निर्देशक आचार्यले बताए । सन् २००७ मा नेपाल र कोरियाबीच श्रम सम्झौता भएपछि २००८ बाट कोरियाले नेपाली कामदार लैजान सुरु गरेको हो । अहिलेसम्म इपिएसअन्तर्गत कोरिया रोजगारीका लागि तीनपटक भाषा परीक्षा भइसकेको छ । पहिलोपटक सन् २००८ मा ६ हजार पााच सय ६८, सन् २०१० मा चार हजार ९६ र सन् २०११ मा उत्पादनमूलक र कृषि क्षेत्रमा गरी १५ हजार कामदारलाई कोरियाले रोजगारीका लागि छानेको थियो ।
कोरियाले नेपाललगायत १५ मुलुकबाट इपिएसअन्तर्गत कामदार लिने गरेको छ । त्यहाा जाने कामदारले मासिक ७५ हजार पारिश्रमिक पाउने छन् । निजी क्षेत्रले बढी रकम लिएर दक्षिण कोरिया पठाउने गरेकामा दुई मुलुकबीच श्रम सम्झौता भएपछि इपिएसमार्फत भाषा परीक्षा उत्तीर्ण गरेरमात्र नेपाली युवा त्यहा रोजगारीमा जान पाउाछन् ।

प्रतिक्रिया