मन्डेला अस्पतालमा

जोहन्सबर्ग, १३ फागुन । दक्षिण अपि|mकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला अस्पताल भर्ना भएका छन् । पेटको समस्या बल्भिmएपछि अतिरिक्त हेरचाहका लागि डाक्टरको सल्लाहमा उनी अस्पताल भर्ना भएका हुन् ।
दक्षिण अपि|mकामा भएको रङ्भेदविरोधी आन्दोलनका सर्वोच्च नेता मन्डेलाको स्वास्थ्य अवस्था केही समययता बिगि्रन थालेको छ । उनलाई अस्पताल भर्ना गरिएपछि दक्षिण अपि|mकी राष्ट्रपति ज्याकोब जुमाको कार्यालयले ‘दक्षिण अपि|mकी जनता र विश्वभरका मानिसको माया र शुभकामना’ मन्डेलासाग रहेको जनाएको छ । त्रियानब्बे वषर्ीय मन्डेलाले आठ वर्षअघि सार्वजनिक जीवनबाट सन्न्यास लिएका थिए । सन् २०१० मा दक्षिण अफि्रकामा आयोजित विश्वकप फुटबल प्रतियोगितामा उनी सार्वजनिक रूपमा देखापरेका थिए ।
नोबेल शान्ति पुरस्कार विजेता मन्डेलालाई सबैले माया गरेर दक्षिण अपि|mकामा ‘मन्डिबा’ भन्ने गर्छन् । रङ्गभेदी शासनविरुद्ध सङ्घर्ष गर्दा उनी २७ वर्ष जेल परेका थिए । सन् १९९० मा उनी थुनामुक्त भएका थिए । उनी सन् १९९४ मा दक्षिण अपि|mकाका पहिलो अश्वेत राष्ट्रपति बनेका थिए । -एजेन्सी)

प्रतिक्रिया