हतियार निर्माण गर्न इरान नलागेकामा अमेरिका विश्वस्त

वासिङ्टन, १३ फागुन । इरानले युरेनियम प्रशोधन कार्यक्रम नरोकी परमाणु हतियार निर्माण गर्न खोजेको भन्दै अमेरिकी र इजरायली अधिकारीहरूबाट इरानको परमाणु केन्द्रमा आक्रमण गर्नुपर्ने भनाइ आइरहेको छ । तर, अमेरिका स्वयं भने परमाणु हतियार निर्माणमा इरान लागिपरेको छैन भन्नेमा विश्वस्त रहेको खुलासा भएको छ ।
अमेरिकी दैनिक पत्रिका ‘लस एन्जल्स टाइम्स’ को अनलाइन संस्करणमा शुक्रबार प्रकाशित समाचारमा अमेरिकी गुप्तचर निकायको अनुसन्धान प्रतिवेदनको हवाला दिादै यस्तो खुलासा गरिएको हो । समाचारअनुसार गत वर्ष अमेरिकी नीति निर्माताहरूलाई बुझाइएको एउटा जासुसी प्रतिवेदनमा सन् २००३ मै इरानले आम विनाशकारी परमाणु हतियार उत्पादन गर्ने प्रक्रिया रोकेको जनाइएको छ । हतियार बनाउने हैसियत आर्जन गर्न इरानले आवश्यक अनुसन्धान जारी राखेको भए पनि हतियार निर्माण गर्ने दिशामा इरान नलागेको प्रतिवेदनमा जनाइएको छ ।
इरानको परमाणु हतियारप्रतिको महत्वाकाङ्क्षा रोक्न भन्दै अमेरिकालगायत पश्चिमी राष्ट्रले इरानको पारमाणविक र वित्तीय क्षेत्रलाई लक्ष्य गरी विभिन्नखाले नाकाबन्दी लगाइसकेका छन् । साथै युरोपेली सङ्घसाग आबद्ध राष्ट्रले इरानबाट तेल आयात नगर्ने घोषणा गरी इरानमाथि आर्थिक दबाब सिर्जना गरिरहेका छन् । तर, इरानले भने पश्चिमी दबाबको बेवास्ता गर्दै युरेनियम प्रशोधन नरोकिने प्रस्ट पार्दै आएको छ । उसले ऊर्जा उत्पादन र उपचारको प्रयोजनका लागि पारमाणविक गतिविधि सञ्चालन गरिएको दाबी गर्दै आएको छ । उच्च प्रशोधित युरेनियम हतियार निर्माण गर्न प्रयोग हुन्छ । तर, इरानले शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम प्रशोधन गरिएको प्रष्ट पार्दै आएको छ ।
इरानसाग शत्रुतापूर्ण सम्बन्ध रहेको भनिएको इजरायलका उच्च पदस्थ अधिकारीहरूले इरानको परमाणु केन्द्रमा आक्रमण गर्नुपर्ने बताउादै आएको छ । इजरायलको अस्तित्व सखाप पार्ने प्रयास इरानबाट हुने आशङ्का इजरायली अधिकारीहरूको छ । इरानले समेत विश्व मानचित्रबाट इजरायलको नक्सा मेटाइदिने चेतावनी दिने गरेको छ । यहुदी राष्ट्र इजरायलको अस्तित्व आफूलाई कुनै हालतमा स्वीकार्य नहुने इरानी राष्ट्रपति महमुद अहमदिनेजादले दोहोर्‍याउने गरेका छन् । -एजेन्सी)

प्रतिक्रिया