कसको सम्भावना कति

धनगढी, १३ फागुन । सबै खेलाडीको सपनाको हुन्छ, राष्ट्रिय च्याम्पियनको ताज भिर्ने । सोही ताज भिर्नका लागि आतुर सयौं अनुहार अहिले सुदूरपश्चिममा भेला भएका छन् । भौतिक संरचनाको अभावमा पौडी, टेनिस, सˆट टेनिस, साइक्लिङ र स्क्वासका खेलाडीले सुदूरपश्चिमको आतिथ्य नपाउने भएका छन् । यी खेलका खेलाडी ललितपुर, काभ्रेपलान्चोक र पर्सामा नै रम्ने छन् ।
प्रतियोगिता सुरु हुनलागेको पूर्वसन्ध्यासम्म पनि सुदूरपश्चिमको महत्वपूर्ण राष्ट्रिय भेलामा सहभागी टोली र यसका प्रशिक्षकले आˆनो परिणाम आाकलन गर्न गइरहेका छन् । अन्य बृहत् खेलझैं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वाभाविक रूपमा पौडी र एथलेटिक्सका खेलाडी नै छाउने गर्छन् । चौथो राष्ट्रिय खेलकुदमा नयना शाक्य र पांचौमा करिश्मा कार्की छाए झै यसपटक श्रेया धिताल छाउने स्वाभाविक आाकलन गरिएको छ । पुरुषमा शैलेश राणा नै यसपटक पनि छाउने निश्चित छ । अत्यन्त कम प्रतिस्पर्धा हुने र नेपालको स्तर पनि अत्यन्त कमजोर रहेको पौडीभन्दा निःसन्देह एथलेटिक्सको प्रदर्शन यसपटक पनि महत्वपूर्ण हुन सक्नेछ ।
नेपाली खेलकुदका पछिल्ला केही वर्ष महिला खेलाडीले गौरवमय साख राखे । करिश्मा कार्की, देवु थापा, सुनीता मगर, मनिता शाही, कान्छीमाया कोजू, आयशा शाक्य, जमुना गुरुङ, अनु लामा, नेरी थापा र चन्द्रा भण्डारीजस्ता नाम छाइरहे । अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट प्रभाव छाडेकाहरूका लागि छैटौं राष्ट्रिय खेलकुदमा आˆनो साख वृद्धि गर्ने चुनौती यथावत् छ । महिला खेलाडीको उत्कृष्टताको चर्चा भइरहेकै समयमा यसपटकको राष्ट्रिय खेलकुद महोत्सवमा भने पुलिसका स्पि्रन्टर तिलकराम थारू नै राष्ट्रिय खेलकुदका नायक हुने आाकलन गरिएको छ ।
प्रतिभाशाली खेलाडी तिलकराम आसन्न छैटौं राष्ट्रिय खेलकुदमा सबैले चासो दिने नाम पनि हो । उनले छोटो दूरीका तीनवटै र रिलेका दुई गरी पााच स्वर्ण पदक जित्ने अनुमान गरिएको छ । पााच स्वर्णले नै उनले चौथो राष्ट्रिय खेलकुदमा कोसीका जितेन्द्र चौधरीले कायम गरेको कीर्तिमानसाग बराबरी गर्न सक्नेछन् । पछिल्लो राष्ट्रिय खेलकुदमा हाइजम्प, लङजम्प र टि्रपलजम्पमा स्वर्ण जितेकी केशरी चौधरीले यसपटक तीनवटै स्पर्धामा स्वर्ण जित्ने निश्चितजस्तै छ भने एक सय मिटर हर्डल्समा पनि उनलाई पहिलो दाबेदारका रूपमा हेरिएको छ । यसका अलावा रिलेका दुवै स्पर्धामा पुलिस क्लबलाई नै बलियो दाबेदारका रूपमा हेरिएको छ । यो दुवै जिते उनको स्वर्णको सङ्ख्या ६ पुग्नेछ ।
तिलकराम नेपालको सबैभन्दा छिटो दौडिने पुरुष बन्ने निश्चितझै देखिएको यस राष्ट्रिय खेलकुदमा तेज महिलाका लागि ओलम्पियन चन्द्रकला थापा, सावित्री नेपाली र प्रमिला रिजालबीच नै प्रतिस्पर्धा हुनेछ । पछिल्लो पांचौं राष्ट्रिय खेलकुदमा प्रमिलाले तीनवटै स्पर्धामा स्वर्ण जितेकी थिइन् भने एसियाड छनोटमा सावित्रीले उनलाई पछि पारेकी थिइन् ।
मध्यमदूरीमा सदावहार धाविका कान्छीमाया कोजू सहभागी हुने १५ सय, पााच हजार र १० हजार मिटर दौडमा स्वाभाविक दाबेदार मानिए पनि इन्जुरी र उनका प्रतिद्वन्द्वीको ‘र्फम’ का कारण ठूलो चुानैतीको सामना गर्नुपर्ने लख काटिएको छ । १५ सय र १० हजारमा उनकै टोली एपिएफकी बृन्दा श्रेष्ठ र पांच हजार मिटरमा पनि सोही टोलीकी गीता खत्री उनका मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
जुडोमा एसियन जुनियर च्याम्पियनसिपकी काश्य पदक विजेता सुनीता थापा मगरका लागि यो महत्वपूर्ण अवसर हुन सक्नेछ । जुडोमै देवु थापा, ‘ज्येष्ठ स्वर्ण विजेता’ को कीर्तिमान कायम गर्ने धुनमा छिन् । बक्सिङतर्फ दीपक महर्जन नै उत्कृष्ट खेलाडी हुनेछन् । तेक्वान्दोमा आयशा र मनिताले स्वर्ण पदक जित्ने अनुमान सबैको छ । तर, पनि पछिल्लो पुस्ताकी प्रतिनिधि पात्र अप्सरा कार्कीले यी दुवैलाई पछि छाड्दै बेस्ट फाइटर बन्ने सम्भावना नकार्न सकिादैन ।
बुद्धिचालमा एपिएफका केशव श्रेष्ठ, पूर्वाञ्चलका नीरज निरौला र मध्यमाञ्चलका विलमलाल श्रेष्ठ र पश्चिमाञ्चलका मनीष हमालमध्ये एकले उपाधि जित्ने अनुमान गरिएको छ । स्थिर प्रदर्शन गर्ने राजन पुरी, यू-१९ च्याम्पियन रूपेश जायसवाल र मदनकृष्ण कायस्थ यस स्पर्धाका अन्य बलिया खेलाडी हुन् ।
फुटबलमा राष्ट्रिय टोली अनुपस्थित हुने भएपछि जाउलाखेल युथ क्लब र नाइटचेस क्लबको छायाटोलीको रूपमा रहने पूर्वाञ्चल स्वर्ण पदकको दाबेदार रहनेछ । आश्चर्यजनक रूपमा राष्ट्रिय टोलीमा नपरेका मिडफिल्डर विशाल राई नै राष्ट्रिय खेलकुदमा सबैभन्दा छाउने अनुमान गरिएको छ । महिला फुटबलमा जमुना गुरुङ र अनु लामाबाट प्रेरित एपिएफ स्वर्णको दाबेदार हो । तथापि आवश्यक समयमा रक्षक र फरवार्ड दुवै पोजिसनमा उत्तिकै जम्न सक्ने कप्तान चन्द्रा भण्डारीको र्फम र नेतृत्वमा पुलिसले एपिएफलाई कडा चुनौती दिन सक्नेछ ।
भलिबलमा पुरुष स्पर्धामा इम रानामगर नै जम्ने अनुमान गरिएको छ भने पुलिस क्लबलाई उपाधिको दाबेदारका रूपमा हेरिएको छ । महिला स्पर्धामा पश्चिमाञ्चल बलियो टोली मानिए पनि लगातारको सेट प्राक्टिसका कारण पुलिस क्लब बलियो रूपमा उभिन सक्नेछ । महिला भलिबलतर्फ एपिएफ टिमकी चुडा खड्का यो विधामा सबैभन्दा छाउन सक्नेछिन् ।
करातेमा गङ्गा अधिकारी र विनोद महर्जन हेर्नलायक खेलाडी भएको प्रशिक्षकहरूको मत छ । तर पनि काताका परशुराम बास्तोला र सुभद्रा श्रेष्ठले दोहोरो स्वर्ण पदक जित्ने सम्भावनालाई पनि धेरैले अस्वीकार गर्न सक्दैनन् । बास्केटबलका दुवै स्पर्धामा विश्वविद्यालय टोली र मध्यमाञ्चल बीचमा नै भिडन्त हुने निश्चित छ । टेबुलटेनिसको महिला स्पर्धामा नबिता श्रेष्ठ स्वाभाविक रूपमा स्वर्ण पदककी दाबेदार हुनेछिन् भने पुरुष स्पर्धामा शिवसुन्दर गोथे, पुरुषोत्तम वज्राचार्य र अजय सुवाल तीनजनाको बीचमा नै प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टनमा पुलिसका विकास श्रेष्ठ र एपिएफका रत्नजित तामाङ उपाधिको होडमा हुनेछन् भने सरादेवी तामाङको अनुपस्थितिमा पूजा श्रेष्ठ दाबेदारका रूपमा रहेकी छन् ।  अन्य अनेक खेलमा नतिजा प्रायः खुल्ला रहने देखिएको छ ।

प्रतिक्रिया