अन्तर्राष्ट्रिय मिसन टोली विराटनगरमा

विराटनगर १३ फागुन । नेपालका पत्रकारहरुमाथि भइरहेको भौतिक आक्रमण र सुरक्षाको अवस्था बुझ्न आएको अन्तर्राष्ट्रिय मिडिया मिशनको टोलीले शनिवार विराटनगरमा बिभिन्न पक्षसँग भेटघाट गरेको छ ।
टोलीले विराटनगरका पत्रकार, नागरिक समाज तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग भेटघाट गरेर पत्रकारले भोगेका समस्याका बारेमा जानकारी लिएको थियो । मिशनले आजै जिल्ला र पुनरावेदन वारका पदाधिकारीहरु तथा वाहिरी जिल्लाहरुवाट आएका पत्रकारहरुसँग समेत समाचार संकलनका कठिनाईका बिषयमा परामर्श गरेको छ ।
पछिल्लो पटक पूर्वाञ्चमा पत्रकारहरुमाथि आक्रमण हुने क्रम वढेको र पत्रकारहरुको सामाजिक सुरक्षाको अवस्था खस्किएकोमा मिशनले चिन्ता समेत जनाएको छ ।
टोलीमा नेपाल पत्रकार महासंघका सचिव जगत नेपाल, पाकिस्तानका अफजल खान, भारतका सुकुमार मुरलिधरण, बेलायतका मार्टिन लान्ड्रेलगायतका रहेका छन् ।

प्रतिक्रिया