आइपिएलमा मुम्बईको हारको शृंखला रोकिएन

iplविश्व क्रिकेटका उत्कृष्ट कप्तान रिक्की पोन्टिङको प्रशिक्षणमा रहेको मुम्बई इन्डियन्स आठौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पहिलो चरणबाट बाहिरिने सम्भावना प्रवल बनेको छ । मुम्बईले लगातार चौथो हारको सामना गरेको छ ।

शुक्रबार राति भएको खेलमा मुम्बई बलियो टोली चेन्नई सुपर किङ्ससँग ६ विकेटले पराजित भयो । मुम्बईका रोहित शर्मा र किरन पोलार्डले अर्धशतकीय पारी खेले पनि मुम्बईलाई हारबाट बचाउन सकेन ।
मुम्बईले दिएको १८४ रनको लक्ष्य चेन्नईले १६.४ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो । निकै नै राम्रो सुरुआत गरेको चेन्नईका डेन स्मिथ र ब्रेन्डम म्याकुलमले पहिलो विकेटको लागि १०९ रनको साझेदारी गर्दै जितको आधार निकाले । बिस्फोटक ब्याटिङ गरेका स्मिथले २२ बलमा अर्धशतक पूरा गरे । ३० बल खेलेका स्मिथले आठ चौका र चार छक्काको मद्दतमा ६२ रनको योगदान दिए । यस्तै म्याकुलमले २० बलमा ४६ रन जोडे । यस्तै सुरेश रैनाले ४३ रनको अविजित पारी खेले । डेन ब्राभो १३ रनमा अविजित तथा फाप डु प्लेसिस ११ रनमा आउट भए । मुम्बईका हरभजन सिंहले दुई तथा लासिथ मालिङ्गा र किरन पोलार्डले एक–एक विकेट लिए ।
यसअघि वानखाडे क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८३ रनको सम्मानजनक योगफल तयार पा¥यो ।
निकै खराब सुरुआत गरेको मुम्बईले सुरुआती १२ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । उसका ओपनर लेन्डी सिमोन्स पाँच रन, पार्थिव पटेल शुन्य रन तथा कोरी एन्डरसन चार रनमै गुमाएका थिए । मुम्बईको पारी मध्यक्रमका ब्याट्सम्यानले सम्हाले । मुम्बईको पारी कप्तान रोहित शर्मा र हरभजन सिंहले चौथो विकेटका लागि ४५ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे पनि हरभजन २४ रनमा क्याच आउट भए । यसपछि ब्याटिङमा आएका किरन पोलार्ड र रोहित मुम्बईको पारी सम्हाले ।
रोहित र पोलार्डले ७५ रनको साझेदारी गर्दै इनिङ उकासे । रोहित ५० रनमा आउट भएपछि अम्बाती रायडूले पोलार्डलाई साथ दिँदै टिमको स्कोर १८१ पु¥याए । तर, अन्तिम ओभरमा रायडू र फेरि पोलार्ड दुवै आउट भएपछि टोलीको स्कोर १८३ पुग्यो । पोलार्डले ३० बलमा चार चौका र पाँच छक्काको मद्दतमा ६४ रन बनाए ।
उनी ब्राभोको बलमा क्याच आउट भए । यस्तै अम्बाती राइडूले १६ बलमा एक चौका र तीन छक्काको मद्दतमा २९ रनको योगदान दिए । चेन्नईका आशिष नेहराले तीन विकेट लिए भने ड्वेयन ब्राभोले दुई विकेट हात पारे । यस्तै मोहित शर्मा र ईश्वर पाण्डेले एक–एक विकेट आ–आफ्नो नाममा लेखाए ।

प्रतिक्रिया