रिङबाहिरका बूढा अली

Muhammad-Ali-ICUगत वर्ष पूर्वबक्सर, समाजसेवी तथा अमेरिकी राष्ट्रियताका कडी महोम्मद अली मृत्युसँग जुध्दै गरेको निराशाजनक समाचार सार्वजनिक भएको थियो । उनको मृत्युको खबर सुन्न नपरोस् भन्ने कामना गरेका समर्थकले भोलिपल्टै बूढा अलिले घरमै सुपर बल खेलेर आनन्द लिइरहेको तस्बिर नियाल्न पाए । ७३ वर्षको उमेरमा पनि अलीको रोगसँग जुध्न सक्ने आत्मबल निकै बलियो छ । उनी अहिले सेल्फि खिच्न र विभिन्न खेल खेल्न रुचाउँछन् । संसारबाट बक्सिङको क्रेज कमजोर बन्दै गए पनि बक्सिङकै पूर्वचर्चित हेभिवेट खेलाडी अलीको क्रेज सकिएको छैन् । बुढ्यौलीका बाबजुद उनको जोस र जाँगरसँगै लोकप्रियता पनि दिनहुँ चुलिँदो छ । कुनै समय उनी भन्ने गर्थे, ‘म हरेक मिनेटमा टे«निङलाई घृृणा गर्छु । तर, अहिले पीडित भएर पनि बाँकी जीवन च्याम्पियन भएर जिउन चाहन्छु ।’ हरेक विषयमा पर्याप्त तयारी गर्ने अली साँच्चै अहिले च्याम्पियन भएर बाँचिरहेका छन् । एउटा त्यस्तो च्याम्पियन जसको ख्याति रिङमा जति थियो, त्योभन्दा धेरै रिङबाहिर छ ।

खासमा बक्सिङ जगत्का बादशाह अनि खेल जगत्कै सर्वाधिक रुचाइएका व्यक्तिमध्ये एक महोम्मद अलीलाई खतरनाक बक्सर मात्रै भन्दा अन्याय हुनेछ । उनी असल विचारक र विश्वमा मानवताका संवाहकसमेत हुन् । मानवताको पक्षमा वर्षांैसम्म लडेका अलीले काला र गोराबीच हुने विभेदविरुद्ध पटकपटक आवाज उठाएका छन् । त्यसरी आवाज उठाएकै कारण उनीविरुद्ध लाग्नेहरूको पनि कमी छैन । तर, विश्वविख्यात अलीको विरोध गर्नेभन्दा उनलाई आदर्श व्यक्तिका रूपमा लिनेहरूको संख्या बढी छ । सामाजिक तथा सांस्कृतिक आन्दोलनको अगुवाइ गरेका अलीले व्यावसायिक बक्सिङ जीवनकै दौरान आफ्नो नाम र धर्म परिवर्तन गरेका हुन् । क्यासियुस मर्सिलस क्ले जुनियर हो अलिको वास्तविक नाम । उनको जन्म सन् १९४२ मा अमेरिकामा भएको थियो । सन् १९६४, जति बेला क्लेसुयिस क्ले २२ वर्षका मात्रै थिए, त्यति बेला बक्सिङमा लामो प्रगति गर्न सक्ने सम्भावना बोकेका क्ले एकाएक धर्म परिवर्तन गरेर चर्चामा आए ।
अमेरिकामा कालामाथि हुने गरेको दमनको अनुभव सानैदेखि गरेका क्ले बच्चैदेखि विद्रोही स्वभावका थिए । १२ वर्षको छँदा साइकल चोरी हुन लागेको देखेपछि उनी चोरमाथि जाइलागे । पुलिस अफिसरले बयान लिँदा उनले चोरलाई नछाड्ने बताए । त्यसपछि पुलिस अफिसरले उनलाई कसैमाथि आक्रमण गर्नुअघि राम्ररी बक्सिङ हान्ने तरिका जान्नुपर्ने सम्झाए । त्यसपछिको चार वर्ष उनले चर्चित बक्सर चुक बोडाकसँग प्रशिक्षण लिए । उनले दुईवटा राष्ट्रिय गोल्डेन गोल्भ्स उपाधिसहित एम्योचोर एथलेटिक युनियनको राष्ट्रिय उपाधि जिते । सन् १९६० को रोम ओलम्पिकमा क्लेले लाईट हेबिवेटतर्फ स्वर्ण जिते । ६ फिट ३ इन्ज अग्ला क्ले पोल्यान्डका बिगन्यु पिटरस्जकोवोस्कीलाई हराउँदै स्वर्ण जित्न सफल भए । त्यसपछि उनलाई अमेरिकामा नायकका रूपमा लिइयो । सन् १९६३ मा हेनरी कुपरलाई हराउँदै उनी ब्रिटिस हेबिवेट च्याम्पियन बने ।
उनले आफ्नो युवा करियरका दौरान खेलेका सय भिडन्त जिते र मात्रै ५ पटक हार स्विकारे । सन् १९६४ मा मुस्लिमको संगठन नेसन अफ स्लामको सदस्यता लिएपछि क्लेले आफ्नो नाम परिवर्तन गरे । त्यसपछि महोमद अलिको नामबाट बक्सिङ रिङमा गर्जिएका क्ले महोम्मद अलिकै नामले विश्वविख्यात छन् । सन् १९६४ मा महोम्मद अलिले विश्व हेबिवेट च्याम्पियनसिप जिते । फ्रेब्रअरी २५ का दिन डिफेन्डिङ च्याम्पियन सन्नी लिस्टनलाई हराउँदै अलीले बक्सिङको सबैभन्दा ठूलो उपाधि जिते । खेलअघि हेबिवेट च्याम्पिन लिस्टनले कलिलो उमेरका अलिलाई सजिलै माथ ख्वाउने अनुमान थुप्रै समर्थक तथा मिडियाको थियो ।
अलीले सबैलाई आश्चर्यमा पारे र पहिलो राउन्डदेखि नै हाबी देखिएका अली सातौँ राउन्डसम्म आइपुग्दा लिस्टनलाई नकआउट गर्न सफल रहे । त्यति बेलाका सर्वाधिक उत्कृष्ट बक्सर लिस्टनविरुद्ध रिङ अली निकै खतरनाक देखिएका थिए । बक्सिङ जगत्मा अली र लिस्टन बीचको यो भिडन्त सर्वाधिक चर्चित, विवादस्पद र रोमाञ्चक भिडन्तमध्ये एक हो ।
धेरैले लिस्टनले माफियाको आडमा लागेर म्याच हारेको अड्कलसमेत काटे । तर, त्यसपछि पनि थुप्रै बक्सरलाई माथ ख्वाउँदै अली आफ्ना आलोचकको मुख थुन्न सफल छन् । हेबिवेट जितेको तीन वर्षपछि अमेरिकी सेनाका जागिरे अलीले भियतनाम युद्धमा सहभागी नहुने घोषणा गरेर अर्को तहल्का मच्चाए । सन् १९६७ मा भएको अमेरिका र भियतनामबीचको युद्धताका उनले भियतनामीले आपूmलाई कहिल्यै निग्रो नभएको भन्दै उनीहरूविरुद्ध नलड्ने उद्घोष गरेका थिए ।
त्यति बेलासम्म भियतनाम युद्धको विरोधमा अमेरिकामा प्रदर्शन भएको थिएन । त्यस्तै, सर्वाजनिक आवाजहरू पनि सुनिएका थिएनन् । त्यसैले अलिको कडा अभिव्यक्ति र साहसले मार्टिन लुथर किङ जुनियरलाई समेत प्रभावित बनायो ।
अलीले युवा अमेरिकीको भविष्य र मानवअधिकारका लागि भियतनाम युद्ध बाधक रहेको बताएका थिए । त्यसको केही समयपछि अलीविरुद्ध अमेरिकी सरकारले मुद्दा चलायो । उनले जितेका बक्सिङ उपाधिहरू खोसियो र उनलाई बक्सिङबाट निलम्बन गरियो । उनी जेलमा परेनन् तर उनले त्यसबीच ४ वर्षसम्म रिङमा उत्रन पाएनन् । पछि सर्वोच्च अदालतले अलिलाई निर्दोष ठह¥यायो र उनीमाथिको कारबाही फिर्ता भयो । सन् १९७० मा फेरि रिङमा फर्किएका अली लगातार तीनपटक विश्व हेबिवेट जित्ने पहिलो र एकमात्रै खेलाडी बने । आफ्नो समयमा महान् खेलाडीको उपनाम पाएका अली थुप्रै ऐतिहासिक बक्सिङ भिडन्तमा सहभागी भए ।
अलीले त्यसै वर्ष जर्ज फ्राजियरको सामना गरे । अली र फ्राजियरबीचको भिडन्तलाई ‘फाइट अफ दि सेन्चुरी’ नाम दिइएको छ । उक्त भिडन्त १५ राउन्डसम्म चल्यो त्यसपछि अलिलाई नकआउट गर्दै फ्राजियर च्याम्पियनसिप जित्न सफल रहे । सन्् १९७४ मा भएको रिम्याचमा अलीले फ्राजियरलाई हराए र बदला लिए । रम्बलर इन द जंगल नाम दिइएको छ, अली र जर्ज फोरम्यान बीचको भिडन्तलाई । सन् १९७४ मा भएको यो भिडन्तअघि लामो समय प्रतिबन्ध झेलेर फर्किएका अलिलाई फरम्यानले सजिलै हराउने अड्कलबाजी धेरैको थियो । तर, यसपटक फेरि फोरम्यानलाई हराउँदै अली हेबिवेट च्याम्पिन बने ।
सन् १९७५ मा अली र जोय फ्राजियरबीच फिलिपिन्सको मनिलामा अर्को ऐतिहासिक भिडन्त भयो । १४ राउन्डभन्दा बढी चलेको भिडन्त अन्नत अलीले जिते । सन् १९७० को अन्त्यसम्म आइपुग्दा अली केही थकित देखिन्थे । उनी लियाने स्पिन्क्स र ल्यारी होल्मेससँग पराजित भए । व्यावसायिक बक्सिङबाट सन्न्यास लिएपछि अली समाजसेवा र मानवअधिकारमा सक्रिय रहे । रिङमा छँदा विपक्षीसँग हार नमान्ने अलीले रिङबाहिर पनि हार मानेनन् । मानवअधिकारका पक्षमा उनी निरन्तर लडिरहे र अझै पनि लडिरहेका छन् । सन् १९८४ यता महोम्मद अली पार्किन्सन सेन्टरका नामबाट करौडौं संकलन गरेका उनले त्यो पैसालाई समाज सेवामा लगाएका छन् । उनले भोक र रोगबाट ग्रसित व्यक्तिको सेवा गर्ने क्रममा विश्वका थुप्रै देश चहारेका छन् । सन् १९९८ मा उनी संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा सद्भावना दूत नियुक्त भए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले सन् १९९९ मा उनलाई शताब्दीकै सबैभन्दा उत्कृष्ट खेल व्यक्तित्वको पुरस्कार दियो । सन् २००५ मा जर्ज डब्ल्यु बुसले उनलाई अमेरिकाको स्वतन्त्रता अवार्ड दिए । पछिल्लो समय रोगबाट थलिए पनि उनी सार्वजनिक जीवनमा सक्रिय नै छन् । उनी कहिल्यै थकित देखिएका छैनन् । सन् २०१० मा बाराक ओबामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिमा निर्वाचित भए । त्यसपछि उनलाई समाजिक सेवामा लागेबापत अमेरिकी सरकारले राष्ट्रपतीय पुरस्कारले सम्मानित ग¥यो । आफ्नो जीवनभर अलीले चारवटा विवाह गरे । उनकी छोरी लैला अली पनि पिताको पदमार्ग अघि बढ्दै व्यावसायिक बक्सर बनेकी छिन् । महोम्मद अली आफ्नो जीवनभर कहिल्यै कसैदेखि पनि डराएनन् ।
मानिसले स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ भन्ने मान्यतालाई उनले निर्भीकताका साथ उठाए । अमेरिकामा दमित बनेका कालाजातिको अधिकारका लागि उनी जीवनभर लडे । उनी मुस्लिम थिएनन् न त निग्रो नै हुन् । उनका पिता क्यासियुस मर्सिलस क्ले अमेरिकाको मन्त्री समेत बनिसकेका थिए । तर, आफ्नो सुखद जीवनको पर्वाह नगरी उनी दुखी, गरिब र दमितको पक्षमा भिड्न अघि सरे । यसरी अलिले स्पोर्टस्म्यानसिपको गतिलो उदाहरण प्रस्तुत गरे र मर्कामा परेकाहरूको पक्षमा सधँै उभिइरहे । उनी कालाहरूप्रति भएको दमनको विरोध स्वरूप ओलम्पिकमा जितेको स्वर्ण पदकलाई खोलामा फाल्नसमेत पछि परेनन् । उनले सन् १९६४ मा रोममा जितेको ओलम्पिक स्वर्णलाई खोलामा फालेको वृत्तान्त सन् १९७५ मा प्रकाशित भएको आफ्नो जीवनीमा समेटेका छन् । अलीले गरेको योगदानको कदर गर्दै सन् १९९६ को ओलम्पिकमा उनलाई पुरानो पदकको सट्टामा अर्को नयाँ पदक दिने निर्णय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ग¥यो ।
अलिले सन् १९९६ को ओलम्पिक टर्चसमेत बोके । अमेरिकी सेनाको जागिरे छँदा पनि भियतनाम युद्धको विरोध गरेर उनले आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनलाई समेत जोखिममा हाले । तर, निरन्तर लडिरहने अलिले हारेका छैनन् । उनले अमेरिकी सरकार, रंगभेदी पुरानतन विचार र मानवअधिकार विरोधीलाई माथ ख्वाएका छन् । त्यसैले त संसारभर अहिले पनि अली एक उत्कृष्ट खेलाडी र महान् विचारकका रूपमा प्रसिद्ध छन् ।

प्रतिक्रिया