बैंकमा बम आक्रमण, २२ मारिए

afghan

जलालावाद, ५ वैशाख । अफगानिस्तानको जलालावाद सहरमास्थित एक बैंकमा शनिबार गराइएको आत्मघाती बम आक्रमणमा कम्तीमा पनि २२ जनाको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश सरकारी कर्मचारी नै परेका छन् । ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । तीमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

सो क्षेत्रमा रहेको उक्त बैंकमा सरकारी कर्मचारीले मासिक तलब लिनका लागि जम्मा भइरहेको समयमा सो हमला भएको हो । कर्मचारीले मासिक तलब लिन सो बैंकमा भिड लागेको समयमा यस्तो हमला भएको प्रहरीले जनाएको छ ।

नान्गार प्रान्तका प्रन्तीय प्रहरी प्रमुख फजाल अहमद सिरजादले सो समाचारको पुष्टि गरेका छन् । उनले मारिने नागरिकको सङ्ख्या हाल २२ रहेको बताएका हुन् । उनका अनुसार अस्पतालसम्म पु¥याइएका अधिकांश व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न पनि सक्छ ।

अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक हमला जारी राखेको तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने सो हमलाको जिम्मेवार तालिबान नरहेको बताएका छन् । अफगानिस्तानमा हुने प्राय यस्ता हमलामा त्यहीँका तालिबानको हात रहने जानकारी प्रहरीले दिने भएकोले यसअघि नै उनले सो घटनाको जिम्मेवारी नलिइएको बताइएको छ । एएफपी

प्रतिक्रिया