कुमरोजमा पर्यटकीय चहलपहल

Chitwan_National_Park_(2010चितवन, ४ वैशाख । सौराहाका कुमरोजमा पर्यटकीय चहलपहल बढेको छ । गैँडा, बाघ, भालु, चितुवालगायतका वन्यजन्तु कुमरोज मध्यवर्ती सामुदायिक वनमा भेटिन थालेपछि सो क्षेत्रमा पर्यटक आकर्षित हुन थालेका हुन् ।

सो सामुदायिक वनको एकमात्र आम्दानी भनेकै अहिले पर्यटक व्यवसायी रहेका छन् ।
गत एक वर्षमा यहाँ पर्यटक बढेकाले ५० लाख रुपैयाँ बढी आम्दानी भएको वनका कार्यालय सचिव भरत नेपाल बताउँछन् । पहिले गैँडा राख्नका लागि कृत्रिम ताल बनाउनुपरेकामा अहिले गैँडा उक्त वनमा पाँच÷छ वटासम्म देखिने गरिएको छ । अहिले दैनिक १ सय ५० भन्दा बढी विदेशी र स्वदेशी पर्यटकले कुमरोज वनमा पुगी हात्तीमा चढेर वन्यजन्तुसमेत अवलोकन गर्ने गरेका वनका कार्यालय सचिव नेपाल बताउँछन् ।
दैनिक २० हात्तीमा यहाँ पर्यटक सयर गर्ने गरेका छन् । उनका अनुसार पर्यटकको आकर्षण बढेसँगै आवाससहितको दुईवटा मचानसमेत बनाइएको र दैनिक पर्यटक मचानमै बास बस्ने गरेका छन् । गाउँमा पनि पर्यटकको बसाइँ लम्ब्याउन यहाँ होमस्टे सञ्चालन समेत गरिएको नेपालले बताए । अहिले पाँचवटा दराई होम स्टे खुलेको र अझै एकदर्जन बढी होमस्टे सञ्चालनको योजना ल्याइएको कुमरोज वनका अध्यक्ष हीराबहादुर गुरुङको भनाइ छ । यसबाट आर्जित आम्दानी स्थानीयको आयआर्जन पर्यटन व्यवसायको विस्तार तथा संरक्षण क्षेत्रमा खर्च गर्ने गरेको अध्यक्ष गुरुङले जानकारी दिए । यो वर्ष वनले संरक्षण क्षेत्रबाट सुरक्षाका लागि २० लाख रुपैया तारजालीमै खर्च गरेको छ । पर्यटक प्रवद्र्धनका लागि पर्यटन ब्लक नै बनाएर सौराहाका पर्यटक तान्न थालिएको संरक्षणकर्मी ईश्वरी पाठक बताउँछन् । चोरी सिकार युवा जागरण अभियान कुमरोजका अध्यक्ष पाठकले चोरी सिकार नियन्त्रणमा समेत यहाँका युवा सक्रिय भएको
जिकिर गरे ।
यो वर्ष मात्रै गाउँमा होम स्टे निर्माणका लागि सामुदायिक वनले २० लाख रुपैयाँसमेत छुट्याएको छ । सोही क्षेत्रमा सरकारले वन्यजन्तु पुनस्र्थापना केन्द्र बनाउने तयारीसमेत गरेकाले अझै सौराहा पर्यटकको आकर्षणको केन्द्र कुमरोज बन्ने विश्वास स्थानीयवासीको छ । यसैबीच पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटन सहरका रूपमा विकास गरिने भएको छ । अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले धार्मिक पर्यटन सहरका रूपमा विकास गर्न लागिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । समितिका सदस्य टंकनाथ पौडेलले हिन्दू धर्मावलम्बीहरूको खानपिन, बसोवास, धर्मकर्म लगायतलाई सजिव चित्रण हुनेगरी योजना बनाएको बताए ।
‘समितिले गुरुयोजना निर्माण गर्न सहरी विकास तथा गरिबी निवारण मन्त्रालयमा अनुरोध गरेको छ,’ उनले भने । विसं २०६६ मा देवघाटधामको समग्र २१ वर्षे गुरुयोजना निर्माण गरिएको थियो । गुरुयोजना कार्यान्वयन समितिका तत्कालीन संयोजकसमेत रहनुभएका पौडेलले एक अर्ब २२ करोड लागतको योजना बजेट निकासा नभएपछि अघि बढ्न नसकेको बताए ।
‘गुरुयोजना सम्पन्न गर्न वार्षिक रूपमा १४ करोड रुपैयाँ आवश्यक पर्छ तर विगतका वर्षमा ५० लाखदेखि एक करोडभन्दा बढी निकासा भएन,’ उनले भने । देवघाट क्षेत्रमा चौडा बाटो, यथेष्ट खानेपानी, झोलुङे पुल, स्नानस्थल, सिंढी मार्ग, शव दाहस्थल, किरियापुत्री भवन, धर्मशाला, शौचालय मठमन्दिरको संरक्षण सम्बद्र्धनलगायतका काम सम्पन्न गरिनेछ । धार्मिक पर्यटन सहर हँुदै गर्दा एकैखालका घर निर्माण गरिनेछ भने पूजापाठदेखि खानपानसम्मका सबै कार्य हिन्दू धर्मअनुसार व्यवस्थित गरिने विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाले बताए । ‘सरकार र निजी क्षेत्रबाट निवृत्त उच्चपदस्थ अधिकारीका लागि अध्ययन अनुसन्धान र लेखनका लागि व्यवस्थित स्थलको समेत निर्माण गरिनेछ,’ उनले भने । देवघाट तनहुँ, चितवन र नवलपरासीको संगमस्थल हो । यहाँ ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटन आउने गर्दछन् ।

प्रतिक्रिया