जाजरकोटको भाइरल इन्फ्लुएन्जा

केही समयपहिले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डाक्टर–प्राध्यापक गोविन्द केसीले ११ दिन लामो अनसन गर्दै मुलुकको स्वास्थ्य क्षेत्रमा रहेका विकृतिहरूको अन्त्य गर्नुपर्ने आवाज उठाए । केसीको अनसन जारी रह“दा उनको अनसनको समर्थनमा जति वक्तव्यबाजी भयो र सोसल मिडियाका भित्ताहरू भर्ने काम भयो, त्यो हेर्दा लाग्थ्यो– मुलुकको स्वास्थ्य क्षेत्रमा ठूलै भूकम्पीय झड्का लाग्दै छ । तर, त्यस्तो केही भएन । त्यो अनसन सकिएको केही साता मात्र बितेको भए पनि देशको स्वास्थ्य क्षेत्रले समस्याका चाङबाट छुटकारा पाउन सकेको देखिएको छैन । केसी–अनसनका मूल मुद्दा नया“ मेडिकल कलेजहरूलाई सम्बन्धन दिन नहुने र भएकालाई आवश्यक पूर्वाधार पु¥याए÷नपु¥याएको अनुगमन गर्नेलगायत थिए । आम जनमानसले भोग्न’ परेका चिकित्सासित सम्बन्धित अन्य समस्या त्यस बेला तपसिलमा थिए । त्यसो त लगभग सबै कुरा सहर–केन्द्रित भएको मुलुकको हरेक क्षेत्र समस्याग्रस्त भइरहेको अवस्थामा स्वास्थ्य क्षेत्र मात्र अछुतो रहन सक्ने कुरै भएन । अहिले समस्या सुदूर जिल्ला जाजरकोटमा देखापरेको छ ।
पछिल्ला दुई सातादेखि जाजरकोटमा महामारीकै रूपमा भाइरल इन्फ्लुएन्जा देखापरिरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा त्योे रोग भाइरल इन्फ्लुएन्जा नै रहेको प्रमाणित भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताएका छन् । यसैले गर्दा आज (बुधबार) सम्म मात्रै जाजरकोटमा १७ जनाको मृत्यु भइसकेको छ । बिरामी बढ्दै छन् तर तिनको उपचारका लागि अस्पताल वा स्वास्थ्य चौकीमा पर्याप्त ठाउ“ छैन । बिरामी राख्ने ठाउ“ नभएका कारण खुला चौरमा राखेर उपचार गर्न बाध्य हुनु परिरहेको अवस्था त्यहा“ छ । सरसफाइको कमी, शुद्ध खानेपानीको अभावलगायत कारणले रोगको संक्रमण बढेको हो । यो रोग हाछ्यु“ गर्दा, खोक्दासमेत सर्ने भएकाले स्थिति अझ जटिल बनेको हो ।
समाचारअनुसार यति मात्र नभएर केही बिरामीमा स्वाइन फ्लु रोग लागेको समेत पुस्टि भइसकेको छ । यद्यपि स्थानीय स्वास्थकर्मीले जिल्लाका पैंक, अर्छानी, टालेगाउ“, सक्ला, पजारु र नायकवाडामा फैलिएको रोग अहिले नियन्त्रणमा आएको दाबी गरेका छन् तापनि स्थानीयले भने टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने र हातखुट्टा झमझमाउने रोगका कारण सर्वसाधारणको ज्यान गएको र अहिले पनि सयौ“को संख्यामा बिरामी परेको बताएका छन् । समस्या अझ के छ भने बिरामीहरूमध्ये तीन जनामा स्वाइन फ्लुको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार जाजरकोटबाट ल्याइएको १२ नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको बताइएको छ । यो कुराले स्थिति थप गम्भीर हुनसक्ने सम्भावना औ“ल्याएको छ । यहा“नेर स्वाइन फ्लुको संक्रमणले केही समयपहिले मात्र एमाले नेता तथा पूर्वसभासद् रामनाथ ढकालको मृत्यु भएको तथ्य स्मरणीय छ । सर्वसुविधासम्पन्न राजधानी र सहरमा समेत चिकित्सा क्षेत्रले प्रशंसनीय सेवा दिन नसकिरहेको अवस्थामा जाजरकोट जस्तो विकट पहाडी जिल्लामा रहेको समस्याको जटिलता सहज आ“कलन गर्न सकिन्छ ।
अस्पताल र स्वास्थ्य केन्द्रहरू नै अत्यल्प रहेको जाजरकोटमा चिकित्सक र स्वास्थ्यकर्मी पनि न्यून छन् । स्वास्थ्य सुविधा पनि सोही अनुपातमा कम छन् । धेरैजसो जिल्लावासीमा स्वास्थ्यसम्बन्धी चेतना झनै कम छ । भाइरल इन्फ्लुएन्जा जस्तो संक्रामक रोगबाट बच्न र यसलाई थप मानिसमा सर्न नदिन के कसो गर्नुपर्छ, के कस्तो सावधानी अपनाउनु पर्छ भन्ने आवश्यक जानकारी पनि धेरैजनालाई छैन । यस्तोमा सरकारले स्थानीय स्तरका स्वास्थ्यकर्मीलाई समेत सहयोग हुनेगरी यथाशीघ्र केन्द्रबाटै आवश्यक थप स्वास्थ्यकर्मी र औषधि प्याकेज जाजरकोट पु¥याउनु समस्याको सही समाधान हुन सक्छ । जाजरकोटमा देखा परिरहेको भाइरल इन्फ्लुएन्जा अन्य स्थानमा फैलिन नपाओस् ।

प्रतिक्रिया