विस्फोटमा आठको मृत्यु

bagdadबग्दाद, २ वैशाख । इराकको राजधानी बगदादका छुट्टाछुट्टै इलाकामा मंगलबार भएका दुई कारबम विस्फोटमा कम्तीमा पनि आठ व्यक्तिले ज्यान गुमाएका छन् ।  आक्रमणमा अन्य दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका सुरक्षा र चिकित्सक स्रोतले जानकारी दिएको छ । इराकको राजधानीदेखि पश्चिम इलाकामा अवस्थित यार्मुक अस्पतालको कार पार्किङ इलाकामा भएको पहिलो कारबम विस्फोटमा परी कम्तीमा चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ घाइते भएका छन् ।
त्यसैगरी, दक्षिणी बगदादस्थित एक आवासी क्षेत्र महमुदियाहमा भएको दोस्रो कारबम विस्फोटमा परी कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन् ।     इराकको राजधानी बगदादमा  बम विस्फोट र गोली प्रहारको घटना एक दैनिक रूपमा हुादै आएको थियो । तर, गत जुनदेखि इस्लामिक जिहादी समूहले इराकको उत्तर र पश्चिमी सहरमा भीषण आक्रमण सुरु गरेपछि राजधानीको आक्रमणमा भने केही कमी आएको थियो ।  गत सोमबार बगदादको पश्चिमी छिमेकी प्रान्त बयाआमा भएको एक कार बम विस्फोटमा परी  सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३१ जना घाइते भएका छन् ।
इराकी सुरक्षा बलले इस्लामिक स्टेट (आइएस) लडाकुले कब्जा गरेका सहर पुन: फर्काउनको लागि कारबाही जारी राखेका छन् । संयुक्त राज्य अमेरिकासाग आबद्ध हवाई आक्रमण र तालिमबाट इराकी सेनाले सो कारबाही जारी राखेका हुन । अझै पनि इराकको उत्तरी प्रान्त निनेभेह र पश्चिमी प्रान्त अन्बारको ठूलो भाग आइएस लडाकुको कब्जा रहेको बताइएको छ ।

प्रतिक्रिया