कन्दराको पुनरागमन

kandharaकाठमाडौं । आम नेपाली श्रोतामाझ चर्चित रहेको पोखरेली सांगीतिक व्यान्ड ‘कन्दरा’ करिब ८ वर्षपछि श्रोतामाझ पुनरागमन गर्ने भएको छ । विशेषत: लोक पप फ्लेबरका गीत पस्कन माहिर यो व्यान्डले आफ्नो पुरानै संगीतको फर्मुलालाई आगाल्दै पााचौ एल्बम लिएर श्रोतामाझ आउन लागेको हो ।
यसपटक ब्यान्डलाई स्टेरियो रेकर्डस्ले सांगीतिक क्षेत्रमा ल्याउादै छ । स्टेरियो रेकर्ड्सका प्रबन्ध निर्देशक आशिष पराजुलीका अनुसार एल्बम जेठको अन्तिम साता राजधानीमा सार्वजनिक गरिनेछ । विगतमा ब्यान्डमा पााच सदस्य भए पनि अहिले ब्यान्डमा प्रमुख गायक विवेक श्रेष्ठ र दुई संगीतकर्मी सुनिल थापा र बोधराज बज्राचार्य मात्र छन् । ‘एल्बम सार्वजनिक भए लगत्तै कन्दराले देशका प्रमुख सहरमा लाइभ कन्सर्ट गर्दैछ,’ पराजुलीले भने, ‘कन्दराले दसैंअघि काठमाडौंमा अर्केस्ट्रासहितको एउटा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्नेछ ।’
२१ वर्षअघि पोखरामा स्थापित व्यान्डले पप संगीतको आकाशमा ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘डााडा पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छी’ जस्ता सदावहार गीत दिइसकको छ । व्यान्डले नयाा एल्बममा वरिष्ठ साहित्यकार, गीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तसाग लोकप्रिय गीत ‘हङकङ पोखरा…’ पछि अर्को गीतमा सहकार्य गर्ने तयारी गरिरहेको गायक श्रेष्ठले बताए । उनका अनुसार एल्बममा ब्यान्डले आफ्नो पुरानो लोकप्रिय गीत ‘तिमी पारी…’ लाई रिमेक गर्दै छ । एल्बममा आठ गीत हुनेछन् जसमध्येको एक गीत ‘भेडी गोठैमा’ को ज्याम अप भर्सन यूट्युबमार्फत सार्वजनिक गरिएको छ ।
ब्यान्डले हालसम्म ‘कान्छी (१९९४)’ ‘डााडा पारी(१९९६)’, ‘हङकङ पोखरा(१९९८) र ‘वर्षौं पछि(२००६)’बजारमा ल्याइसकेको छ । आफूलाई मेलोडियर लोक–पप ब्यान्ड भन्न रुचाउने कन्दराले विगतमा सरुभक्त, विनोद गौचन, रमेश श्रेष्ठ जस्ता श्रष्टासाग सहकार्य गरिसकेको छ । हाल लन्डनमा रहेका ब्यान्डका गायक विवेक श्रेष्ठका अनुसार नयाा एल्बममा अघिल्लो वर्ष दिवंगत भएका गीतकार विनोद गौचनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको एउटा गीत ‘चन्द्रकोटकी नानी…’ समावेश गरिादै छ ।

प्रतिक्रिया