गागाले पेन्ट लगाउनै बिर्सिएपछि

Lady-Gagaहलिउडमा चर्चा र विवादमा आइरहने सेलिब्रेटीको सूचीमा पर्ने नाम हो, लेडी गागा । समय समयमा विविध कारणले विवाद र चर्चामा आइरहने यी पप गायिका हालै अनौठो शैलीबाट पुन: चर्चामा आइन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालै गागा सडकमा अनौठो रूपमा देखिएकी थिइन् । कम्मर माथिको भाग टिसर्टले छोपे पनि कम्मरमुनिको भाग पूर्ण रूपमा नग्न थियो । उनले जानी जानी नै पेन्ट नलगाएको समाचारमा जनाइएको छ ।
उनको टिसर्टमा ‘म साइन गर्छु न कि पसिना बगाउाछु लेखिएको थियो । हातमा पर्स बोकेकी लेडीको टिसर्टले आफूलाई आफ्नो शैली मन परे पनि अरूको विषयमा कुनै मतलब नभएको जनाउ दिन्थ्यो ।
त्यसो त यस्तै शैली उनले यसअघि पनि नदेखाएकी होइनन् । तर उनलाई नजिकबाट चिन्ने आफन्त तथा इष्टमित्र उनको यो शैली कहिलेसम्म चल्ने हो भन्ने कुरामा प्रतीक्षा गरिरहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया