देउखुरी । दाङको देउखुरीस्थित सिसहनिया युवा सञ्जालले अनाथ बालबालिकाको सहयोगार्थ आयोजना गरेको साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूलाई सम्मानित गरिएको छ ।
कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, यादवनाथ योगी, करण न्यौपाने, कलाकार समन अधिकारी, प्रकाश भट्ट सम्मानित भएका हुन् ।
सञ्जालका अध्यक्ष गौरीशंकर पाण्डे र माउन्टभिज् प्रा(लि)का हेमराज केसीलगायतले कलाकारहरूलाई सम्मान गरेका थिए ।
कार्यक्रममा गायक बावु वोगटी, साहिमा श्रेष्ठ, नृत्याङ्गना पार्वती राई, हाँस्यकलाकार कमल गाउँले, मोडल सुप्रिया कटवाल, विनु खड्का, गायिका सृजना खत्रीलगायतले आ–आफ्ना प्रस्तुति देखाएका थिए ।
प्रतिक्रिया