‘लामाले राजीनामा नदिएर नैतिकता गुमाए’

mahesh basnet

काठमाडौं, २९ चैत । उद्योगमन्त्री महेश बस्नेतले तेक्वान्दोले देशको इज्जत राखे पनि ‘यो खेलप्रति आक्रमण हुनु दुर्भाग्यपूर्ण’ भएको बताएका छन् ।

सगरमाथा तेक्वान्दो डोजाङ बानेश्वरले आयोजना गरेको उपत्यकाव्यापी प्रतियोगिता उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले आफ्नो पार्टी सरकारमा नरहँदा नैतिक रूपले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले पद छाड्नुपर्नेमा त्यसो नगरेका कारण नैतिकता गुमाएको आरोप लगाए । ‘नैतिकतामा ह्रास आएको व्यक्तिबाट राम्रो अपेक्षा गर्न सकिँदैन,’ उनले भने ।

नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले खेलकुद क्षेत्रमा तेक्वान्दोले दिलाएको सफलतालाई सरकारी निकायले नजरअन्दाज गरेको बताए् । ताइवानको ताइपेईमा हुन लागेको पारा तेक्वान्दो च्याम्पियनसिपमा परिषद्कै कारण सहभागिता अन्योलमा रहेको खुलाउँदै उनले तेक्वान्दोको अस्तित्व मेटाउने षड्यन्त्र रचिएको दाबी गरेए ।

‘हामीमाथि खेलकर्मीले राजनीति गरेको आरोप लगाउँछन् । तर, खेलकुदको साँचो माया हामीलाई नै छ,’ उनले भने ।

उनले पारा तेक्वान्दोको विवाद समाधानका लागि संघका अध्यक्ष प्रकाश शमशेर राणालाई परिषद्का सदस्यसचिव युवराज लामाले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको बताए ।

प्रतिक्रिया