रहेनन् पूर्वक्रिकेटर/कमेन्टेटर रिची बेनो

Rechie-Benoud-111सिडनी, २७ चैत । अस्ट्रेलियाका पूर्वक्रिकेट कप्तान तथा पछिल्लो समयका लोकप्रिय कमेन्टेटर रिची बेनोको शुक्रबार सिडनीमा निधन भएको छ ।
८४ वर्षीय बेनो छालाको क्यान्सरविरुद्ध संघर्षरत थिए । उनका पत्नी र दुई छोरा छन् ।

सन् १९५२ देखि १९६३ सम्मको अवधिमा अस्ट्रेलियाका लागि ६३ टेस्ट म्याच खेलेका उनीे २८ वटा टेस्टमा कप्तान थिए । ब्याटिङका साथै उनी लेग स्पिन बलिङ गर्थे ।

सक्रिय क्रिकेटबाट संन्यास लिएपछि उनले सन् १९६४ देखि प्रिन्ट र प्रसारण पत्रकारितामा आफूलाई समाहित गरेका थिए । उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टरी इङ्ग्ल्यान्डमा सन् २००५ को एसेज सिरिजमा गरे पनि अस्टे«लियाको घरेलु÷राष्ट्रिय क्रिकेटका लागि भने सन् २०१३ सम्म नै कमेन्टरी गर्दै आएका थिए । उनी सन् १९६० देखि बीबीसीसित आबद्ध हुँदै आएका थिए ।

उनले २५९ प्रथम श्रेणी क्रिकेट म्याच खेल्दै ९४५ विकेट लिएका थिए भने ३६.५० को औसतमा २३ सतकसहित कुल ११,७१९ रन पनि बनाएका थिए । वेस्ट इन्डिजविरुद्ध सन् १९५२ मा सिडनी क्रिकेट मैदानमा पहिलो टेस्ट खेलेका बेनोले आफूले खेलेका कुल ६३ टेस्टमा कुल २४८ विकेट लिनुका साथै ब्याट्सम्यानका रूपमा २२०१ रन बनाएका थिए ।

_richi-Benoud-&-wife

आफ्नो ६०औं टेस्ट खेल्दै उनले टेस्ट क्रिकेटमा समग्रमा २०० विकेट लिनुका साथै २००० रन पनि पूरा गरे । विकेट र रनको यो अलराउन्ड ‘डबल’ पूरा गर्ने उनी पहिलो क्रिकेटर हुन् ।

तीन एसेज सिरिज जिताएका उनले कप्तानका रूपमा कुनै टेस्ट हारेनन्– २५ वटामा जित हात पारे भने तीन टेस्ट अनिर्णीत टुंगिएका थिए ।
ठट्यौलो शैलीका मानिने उनका धेरैमध्ये एउटा कमेन्ट्री यस्तो थियो, ‘ग्लेन म्याकग्रा २ रनमा आउट भएका छन् । उनी आफ्नो शतकबाट केवल ९८ रन पहिले मात्र आउट भएका हुन् ।’

प्रतिक्रिया