एकै स्टेजमा एकसाथ चार ट्यालेन्ट शो

Super Talentकाठमाडौं । लोटस इन्टरटेन्मेण्टले ६ वर्षदेखि प्लस २ का विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्न ‘सुपर ट्यालेन्ट शो’को आयोजना गर्ने भएको छ ।

शोअन्तर्गत ‘जुनियर प्रिन्स एण्ड प्रिन्सेस सुपर ट्यालेन्ट २०७२’, ‘प्रिन्स एण्ड प्रिन्सेस सुपर ट्यालेन्ट २०७२’, ‘एसएलसी प्रिन्स एण्ड प्रिन्सेस सुपर ट्यालेन्ट २०७२’ र ‘प्लस टु प्रिन्स एण्ड प्रिन्सेस सुपर ट्यालेन्ट २०७२’ प्रतियोगिता एकै स्टेजमा हुनेछ ।

संस्थाका अनुसार शोका लागि वैशाख ५ गते संस्थाको कार्यालय कोटेश्वरमा अडिसन हुनेछ । अडिसनबाट छानिएका बालबालिकाहरुलाई १५ दिनको प्रशिक्षण दिइनेछ ।

शोका कोरियोग्राफर नानी थापाले सहभागी विद्यार्थीलाई बोल्ने, हिँड्ने, व्यक्तित्व विकास, नेतृत्व विकास, सामाजिक समायोजन, तनाव र रिस व्यवस्थापन, मनोबल विकास, उत्प्रेरणा, स्मृति, ध्यान र अन्य आधारभूत विधामा तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ ।

शोमा उनीसँगै कमल कोइरालाले पनि कोरियोग्राफी गर्नेछन् ।

प्रतियोगिताको फाइनलमा मुख्य उपाधिबाहेक ‘नृत्य सुपर ट्यालेन्ट २०७२’, ‘गायन सुपर ट्यालेन्ट २०७२’, ‘सुपर ट्यालेन्ट इन स्पिकिङ २०७२’, ‘स्पोर्ट सुपर ट्यालेन्ट २०७२’, ‘क्रिएटिभ सुपर ट्यालेन्ट २०७२’, ‘सुपर ट्यालेन्ट इन लिडरसिप २०७२’, ‘सुपर एक्स्ट्रा अर्डिनरी ट्यालेन्ट २०७२’, ‘ट्यालेन्ट इन इन्टर पर्सनल रिलेसन २०७२’, ‘फोटोजेनिक’, ‘पर्सनालिटी’ जस्ता विधागत अवार्ड पनि प्रदान गरिनेछ ।

प्रतिक्रिया