काठमाडौं । एपोलो इन्टरनेसनल कलेज बानेश्वरमा बीबीएस अध्ययनरत २२ वर्षीय सन्दिप पोखरलले ‘मिस्टर नेपाल २०१५’ उपाधि चुमेका छन् ।
गोरखाका पोखरेल ४० प्रतियोगी युवालाई पछि पार्दै १३आंै मिस्टर नेपाल बनेका हुन् । प्रतियोगितामा पोखरेलले मिस्टर ह्यान्डसम, बेस्ट पर्सनालिटी र बेस्ट फिजिक्सजस्ता विधागत अवार्डसमेत हात पारे । उनले उपाधिका साथ नगद १ लाख, फिल्म ‘बिन्दास ३’ मा अभिनयको अवसर पाउने भएका छन् ।
प्रतीक लालवानी फर्स्ट रनरअप र मिलन श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए । लालबानीले ह्यान्डसम, पर्सनालिटीसहित भिवर्स च्वाइस अवार्डसमेत जित्दा श्रेष्ठले भने फ्रेड्ली अवार्डमा चित बुझाए ।
चलचित्र निर्देशक उद्धव अविजित, राजु गिरी, मिस्टर नेपाल २०१४ का सुरज चिलुवाल, मिसेस राजधानी अनुकाली राणालयायत निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी चा“दनी लामिछानेले गरेकी थिइन् । प्रतियोगिता एक्सपोज नेपाल डटकमले आयोजना गरेको हो ।
प्रतिक्रिया