काठमाडौं । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जन्मभूमि’ लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते रिलिज हुने भएको छ । निर्देशक निरौलाका अनुसार सामाजिक कथामा केन्द्रित रहेर बनाइएको यस चलचित्रमा राष्ट्रप्रेम झल्काइएको छ ।
‘राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रूपमा राजनीतिक अतिक्रमण, बाह्य हस्तक्षेप एवं मानव जीवनका विविध पाटालाई समेटेर फिल्म तयार पारिएको छ,’ उनले भने । फिल्ममा मोहनसँगै निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतीक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बीएस लामिछानेले अभिनय गरेका छन् । उनीहरूबाहेक विश्वकै कान्छा निर्देशक तथा बालकलाकार सौगात विष्ट एवं नवकलाकारका रूपमा जेबिका कार्की र अग्रिम गिरीको पनि अभिनय छ ।
चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियको गीत रहेको फिल्ममा युवराज राईको छायांकन, शंकर बीसीको नृत्य, विपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व छ । फिल्ममा अम्बिका गिरीको प्रस्तुति र सुरज गिरीको लगानी छ । मोहनले यसअघि पुकार र ‘जन्मभूमि’ फिल्म निर्देशन गरिसकेका छन् ।
प्रतिक्रिया