एञ्जोलिना बनिन् टप फेमिनिष्ट आईकन

Jolieहलिउड । हलिउड सुन्दरी नायिका एञ्जेलिना जोली यूकेको टप फेमिनिष्ट आईकन बनेकी छन् ।

फेसन हाउस रोज एण्ड विलियर्डले गरेको राष्ट्रव्यापी सर्वेमा ३९ वर्षीया अभिनेत्री तथा सामाजिक कार्यकर्ता जोलीले इमा वाट्सनसहित अन्य चर्चित अनुहारलाईपछि पार्दै सूचीको नम्बर एकमा पारेकी हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार महिला हिंसा र हतियारको दुरुपयोगविरुद्ध संयुक्त राष्ट्रसंघको विशेष दूतका रुपमा काम गरेकी जोलीलाई यही सामाजिक कामले टप फेमिनिष्ट आइकन बन्ने मत प्राप्त भएको हो ।

सूचीमा चर्चित हलिउड फिल्म ‘ह्यारी पोर्टर’ अभिनेत्री तथा संयुक्त राष्ट्रसंघकी सदभावना दूत वाट्सनले हालै मात्र लैंगिक समानताका लागि ‘ही फर सी’ नामक अभियान सञ्चालन गरेकी थिइन् ।

सर्वे गर्ने संस्थाकी प्रमुख हेइडी रेहमानले महिला सशक्तीकरणको अभियानको अभियन्ता र महिलावादी सोचका कारण पनि जोली पहिलो स्थानमा परेको बताइन् ।

सूचीमा केटलीन मोरान, जेनिफर लरेन्स, जर्मेनी ग्रिर, टेलर स्वीफ्ट, कारा डेलेभिग्ने, पेट्रिका अर्केटी, वियोन्से र चार्लोट चर्च छन् ।

प्रतिक्रिया