मुम्बई । एकताका खलनायकका रुपमा ख्याती कमाउँदै पछिल्लो समयमा कमेडियनका रुपमा बलिउडमा चर्चित बनेका अभिनेता परेश रावल नयाँ फिल्म ‘धर्मसंकट मे’मा तीन भूमिकामा दर्शकमाझ आउँदैछन् ।
आगामी अप्रिल १० मा रिलिज हुने फिल्ममा उनी तीन भिन्न धर्मका अनुयायिका रुपमा प्रस्तुत हुँदैछन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा उनी पिता, इस्लामिक गुरु र पण्डितको भूमिकामा देखिँदैछन् ।
यसअघिका फिल्म ‘हेरा फेरी’मा बाबुराओ र ‘ओएमजी ओ माई गड’ मा काञ्जीभाईको भूमिकामा प्रस्तुत भएका परेश नयाँ फिल्मको भूमिकालाई पनि दर्शकले मनपराउनेमा आशावादी छन् ।
यो फिल्ममा उनी धरमपालको भूमिकामा छन् । जो दुई धर्ममध्ये कुन रोज्ने भन्ने अन्यौलमा हुन्छन् ।
‘एकसाथ तीन भिन्न भूमिकामा दर्शकमाझ प्रस्तुत हुन पाउँदा एकदमै उत्साहित छु’, परेशले भनेका छन् । यो फिल्ममा नसिरुद्धिन शाह र अनु कपुर पनि प्रमुख भूमिकामा छन् ।
फुवद खानले निर्देशन गरेको कमेडी फेलेभरको फिल्मका निर्माता सारिक पटेल र साजद चुनुवाला हुन् ।
प्रतिक्रिया