काठमाडौं । युरोपमा रहेको नेपाली व्याण्ड इनासले ‘कस्तो भयो होला नेपाल मेरो गाउँ’ बोलको नयाँ म्युजिक भिडियो निर्माण गरेको छ ।
तुलसी शिवाकोटीको स्वर रहेको गीतमा सुमन बैरागीको शब्द र निरज श्रेष्ठको संगीत छ ।
सञ्जयविक्रम शाहले निर्देशन गरेको भिडियोमा स्पेन, पोर्चुगल, नर्वे, साउदी अरेबिया, दुबई, अष्ट्रेलिया, बहराईन, ओमन, थाइल्याण्ड, म्यानमार, अमेरिका, क्यानडा, साइप्रस, फ्रान्स, जर्मन, हल्याण्ड, यूके, इजरायल, इटाली, जापान, कुवेत, मलेसिया, पोल्यान्ड, पेरिस, कतार, सिंगापुर, उत्तर कोरिया, बेल्जियमलगायतका देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले ‘आइ लभ नेपाल’ बोकेको प्लेकार्डमा देख्न सकिन्छ ।
खगेन्द्र पान्धाक लिम्बुले सम्पादन गरेको भिडियोका छायाँकार वंशल अधिकारी हुन् ।
प्रतिक्रिया