‘चकलेट’पछि निर्मलको ‘ब्रासलेट’

Bracletकाठमाडौं । डेब्यु फिल्म ‘चकलेट’ रिलिज हुन नपाउँदै निर्देशक निर्मल शर्माले अर्को फिल्म ‘ब्रासलेट’को निर्देशन गर्ने भएका छन् । ‘ब्रासलेट’ पूराना निर्माता केशव भट्टराईले निर्माण गर्न लागेका हुन् ।

राजधानीमा आज (मंगलबार) पत्रकार सम्मेलन गरेर निर्माण पक्षले फिल्मका कलाकार तथा प्राविधिकहरू सार्वजनिक गरेको छ ।

कोटकी कालिकादेवी फिल्मस् प्रालिको व्यानरमा निर्माण हुन लागेको फिल्ममा रमेश उप्रेती, रजनी केसी, नम्रता सापकोटा, ऋतिक शाही, सुगम शर्मा, सुनिता ठाकुर, विनोद भट्टराई र राजु बजाजलगायतको अभिनय रहनेछ ।

‘ब्रासलेट’मार्फत कलाकार रमेश नौ वर्षपछि पुनः नायकका रुपमा पुनरागमन गर्दैछन् । ‘नौ वर्षपछि पुनः नायकको रुपमा फिल्म क्षेत्रमा आउन पाउँदा खुशी लागेको छ,’ रमेशले भने, ‘मेरो पहिलाको जुझारुपनफेरि दर्शकले हेर्न पाउनुहुनेछ ।’

संयोग नै भन्नुपर्छ, १५ वर्षअघि केशवले नै पहिलो फिल्म ‘आफ्नो मान्छे’ बनाउँदा रमेशलाई नै नायकमा अनुबन्ध गर्न लागेका थिए । तर रमेशको अर्को फिल्म ‘यो मायाको सागर’सँग सेड्युल जुधेपछि उनले ‘आफ्नो मान्छे’ त्यागेका हुन् ।

निर्माता भट्टराईले फिल्म क्षेत्रसँगको आफ्नो सहयात्रा दीर्घकालसम्म रहीरहने बताए । निर्देशक शर्माले फिल्मले दर्शकमा नयाँ स्वाद दिने दाबी गरे ।

‘ब्रासलेट’मा जया ओझाको लेखन, ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, शान्तिप्रियको गीत रहेका छन् । कविराज गहतराज र गोविन्द राईको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र सुदीप बरालको छायांकन फिल्ममा रहनेछ । फिल्म चैत्र २७ गतेदेखि शूटिङका लागि फ्लोरमा जानेछ ।

Braclet Nepali Movi

प्रतिक्रिया