अष्ट्रेलियाद्वारा पाँचौ पटक उपाधि कब्जा

austreliya 1सिड्नी, १५ चैत । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।

अष्ट्रेलियाको मेलबर्नमा आज भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पाचौँ पटक विवश्व कपको उपाधि उचालेको हो ।

टस जितेर पहिले ब्याटिङ् गरेको न्युजिल्यान्डले दिएको १ सय ८४ रनको झिनो लक्ष्य अष्ट्रेलियाले ३३.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

अष्ट्रेलियाका लागि डेविड वार्नरले ४५ रनको योगदान गरे । वार्नरले कुल ४६ बलको सामना गर्दै ७ चौकाको मद्दतले ४५ रन जोडेका हुन् ।

स्टेभन स्मिथले विश्वकपमा लगातार ५ औँ अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान बन्ने क्रममा ७१ बल खेल्दै ३ चौकाको मद्दतले ५६ रन जोडे ।

यसैगरीे कप्तान माइकल क्लार्कले ७२ बलको सामना गर्दै १० चौका र १ छक्काको मद्दतले ७४ रन र वाट्सनले अविजित ३ रनको योगदान दिए ।

न्युजिल्यान्डका लागि बलिङतर्फ टे«न्ट बोल्ट १ र म्याट हेन्रीले २ विकेट लिए ।

यसअघि न्युजिल्याण्डका लागि ग्रान्ट ईलियोटले सर्वाधिक ८३ रन जोडे । रोस टेलरले ४० रनको योगदान दिनु बाहेक अन्य बाट्सम्यान चल्न सकेनन् ।

पहिलो पटक विश्व बिजेता बन्ने धोकासहित मैदानमा उत्रेका मार्टिन गुप्तीलले १५ रन, काने विलिम्सनले १२ रन र डानियल भिट्टोरीले मिचेल जोन्सनको बलमा बोल्डआउट हुनुअघि ९ रन जोडे ।

न्युजिल्यान्डका लागि ११ रन जोडेको टिम साउथीलाई ग्लेन म्याक्सवेलले रन आउट गरे । न्युजिल्याण्डका ५ जना व्याट्सम्यानहरू ब्रान्डन म्याकलम, कोर्ले एन्डरसन, लुक रञ्ची र म्याट हेर्नी शून्य रनमा आउट भए ।

पहिलो ओभरको पाचौँ बलमा ओपनर ब्रान्डन म्याकलमालाई मिचेल स्टार्कले बोल्ड आउट गरेसँगै न्युजिल्यान्डको पतन सुरू भएको थियो ।

अर्का ओपनर मार्टिन गुप्तीलले ११.२ ओभरमा ग्लेन म्याक्सवेलको बलमा बोल्ट आउट हुनुअघि १२ रन जाडेपछि, जारी विश्वकपमा कुमार साङ्गकाराको नाममा रहेको सार्वधिक ५ सय ४१ रनलाई पछि पार्दै ५४७ रनका साथ यस विश्वकपमा सर्बाधिक रन जोड्ने ब्याड्सम्यान बने ।

यस विश्वकपमा सर्वाधिक विकेट लिनेमा अष्ट्रेलियन बलर मिचेल स्टार्क र न्युजिल्यान्डका बलर ट्रेन्ट बोल्ट समान २२–२२ विकेटका साथ अग्रस्थानमा छन् ।

न्युजिल्याण्डका ५ जना व्याट्सम्यानहरूले खाता खोल्न नसकेको ईनिङलाई धरासायी पार्नेक्रममा बलिङतर्फ अष्ट्रेलियाका जेम्स फक्नर र मिचेल जोन्सनले समान ३–३ विकेट लिए ।

त्यस्तै मिचेल स्टार्कले २ र ग्लेन म्याक्सवेल १ विकेट हात पारे । कुल ८ ओभर किफायति बलिङ गरेको मिचेल स्टार्कले २० रन खर्चेर दुई विकेट लिएका थिए ।

Austr

a

22

11

6

5

4

3

2

austreliya 1

प्रतिक्रिया