प्यूठान, १४ चैत । प्यूठान जिल्लामा चट्याङ लागेर उत्तरी प्यूठानमा एक बालिकाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।
नारीकोट–८ का ९ वर्षीया राधिका सुनारको मृत्यु भएको प्रहरी प्रमुख नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । चट्याङ आज बिहान करिब चार बजे परेको थियो ।
घाइते हुनेमा २२ वर्षीया लक्ष्मी विक, १६ वर्षीय केयरसिम सुनार, २२ वर्षीया सुकमारी सुनार र १८ वर्षीय पुष्प सुनार रहेका छन् ।
सो घटनामा स्थानीय दोसाध प्राविमा कक्षा ४ मा अध्ययनरत बालिका राधिकासँगै उनका अभिभावक र सोही विद्यालयमा अध्ययनरत विद्यार्थी परेको विद्यालयका शिक्षक नारायण जिसीले जानकारी दिए ।
घाइते भएका सबैलाई प्रहरीले उद्धार गरी अस्पताल लगिएको जनाएको छ । साथै चट्याङ लागेर स्थानीय नरबहादुर कुँवरको एउटा गाई पनि मरेको छ ।
प्रतिक्रिया