काठमाडौं १ चैत । अर्थ मन्त्रालयले करदातासँग ४० अर्ब बक्यौता उठ्न बाँकी रहेको जनाएको छ ।
नियमित रुपमा बुझाउनुपर्ने आयकर र मूल्य अभिवृद्धि कर नबुझाएका करदाताबाट सो रकम बक्यौता रहन गएको हो ।
मिडिया इन्टरनेशनलले आज राजधानीमा आयोजना गरेको अन्तरक्रियामा अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले अप्रत्यक्ष रुपमा सबै नेपालीले कर तिरेपनि प्रत्यक्ष रुपमा १२ लाख नेपाली मात्र करको दायरामा आउन सफल भएको जानकारी दिए ।
भन्सार विभागका महानिर्देशक चुडामणि शर्माले सरकार करदातासँग सहकार्य गरेर नै अगाडि बढ्ने विश्वास दिलाउँदै करदाताले अधिकार माग्दा कर्तव्य भुल्न नहुने बताए ।
उनले कर राज्यको प्रमुख आम्दानी भएको उल्लेख गर्दै करदाताले कर भुक्तानीलाई अवसरका रुपमा ग्रहण गर्नु र राज्यले करदाताको सम्मान गर्दै अगाडि बढ्नुनै आजको आवश्यकता रहेको उल्लेख गरे ।
व्यापारी तथा उद्योगीले राज्यले हुनेखाने वर्गबाट सङ्कलन गरी नहुने वर्गको हितमा खर्च गर्ने स्रोत नै कर भएको उल्लेख गर्दै महानिर्देशक शर्माले कर असूलीमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारीलाई सहयोग गर्नु करदाताको दायित्व हो भने करदातालाई सहजीकरणमा मद्धत पु¥याउनु कर्मचारीको कर्तव्य भएको पनि बताए ।
प्रतिक्रिया