काठमाडौं, २८ फागुन । एमएस थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीका ६ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
छ जना केन्द्रीय नेताहरूले आज सामूहिक विज्ञप्ति जारी गरेर पार्टी परित्यागको घोषणा गरेका हुन् ।
जनमुक्ति पार्टी परित्याग गर्नेहरूमा संघीय परिषद सदस्य लालबहादुर राना, टोपबहादुर बराल, सानुबाबु लामा, धर्मराज छत्याल(मल्ल) सुबास राई र संघीय मगरात लोकतान्त्रिक मञ्चका संयोजक जनलाल थापा छन् ।
उनीहरू आजै जनमुक्ति पार्टी लोकतान्त्रिकमा प्रवेश गरेका छन् ।
उनीहरूले अध्यक्ष एमएस थापा पार्टी नीति र सिद्धान्त विपरितका कार्य गर्दै आएकाले पार्टी परित्याग गरेको जनाएका छन् ।
छ जना नेताहरूलाई नवगठित पार्टीका नेताद्वय सभासद् शिवलाल थापा र सीमाकुमारी बिकले अबिर लगाएर स्वागत गरेका छन् ।
यसअघि विभिन्न समयमा राष्ट्रिय जनमुक्ति पार्टी १५ टुक्रामा विभाजित भइसकेको छ ।
२५ वर्ष पूरानो इतिहास बोकेको राष्ट्रिय जनमुक्ति पार्टी १६औँ पटकको बिभाजन भएको सभासद थापाले जानकारी दिए ।
प्रतिक्रिया