काठमाडौं, १२ मंसिर । संविधानसभा निर्वाचनको मतपरिणाम आउँने क्रम जारी रहेकै बेला एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल भारत जाने भएका छन् ।
दाहाल सपरिवार बिहीबार नयाँ दिल्ली जान लागेको स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए । दिल्ली बसाईका क्रममा दाहालले भारतीय नेताहरुसँग पनि भेट गर्ने स्रोतको भनाई छ ।
अध्यक्ष दाहाल भोलि (बिहीबार) बिहान १० बजेको उडानबाट नयाँ दिल्ली जाने छन् । उनले एयर इण्डियाको उडाना लागि टिकट लिई सकेका छन् ।
जेठी छोरी ज्ञानु दाहालको नयाँ दिल्लीस्थित फोटिर्स अस्पतालमा उपचार भई रहेको छ ।
संविधानसभाको दोस्रो निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेकै बेला एमाओवादी अध्यक्ष दाहाल छोरीको उपचारका बहानामा भारत जान लागेका हुन् ।
प्रतिक्रिया